×

NEPAL TIMES UPDATES

Playing
विपक्षीले गरे जवरजस्तीको संसद् अवरोध, नियमावलीमा छैन् व्यवस्था|| Nepal Times
May 13, 2026
Playing
संसद्मा पुग्यो न्यायालयको विषय || Nepal Times
May 13, 2026
Playing
ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा आसिफ र दीपेन्द्रको प्रवेश|| Nepal Times
May 13, 2026
Playing
ट्रम्प ८ वर्षपछि चीनमा उत्रिदा जे देखियो, छोराबुहारीसहित १७ ब्यापारी|| Nepal Times
May 13, 2026
Playing
आफ्नै कारण संसद्मा हंगामा हुँदा प्रधानमन्त्री बालेन कहाँ थिए ?|| Nepal Times
May 13, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-30-2083 || Nepal Times
May 13, 2026
Playing
इरानका धेरै मिसाइल लन्च साइट सुरक्षित, अमेरिकी १३ हजार अट्याक फेल || Nepal Times
May 13, 2026
Playing
सेनासँग किन टक्कर लिदैछन् बादल ? || Nepal Times
May 13, 2026
Playing
Americaले ४ लक्ष्मणरेखा नाघ्न नहुने, ट्रम्प–सी भेट अघि जी२को चर्चा || Nepal Times
May 13, 2026
Playing
रास्वपाले जेठ १० गतेसम्म विधान लेख्ने, महाधिवेशनमा २५ सय सहभागी हुने || Nepal Times
May 13, 2026

हेटौँडा प्रदेश राजधानी हुँदा चितवनवासी खुशी

५ माघ २०७६

५ माघ, चितवन ।
वाग्मती प्रदेशको राजधानी मकवानपुरको हेटौँडा हुँदा छिमेकी जिल्ला चितवनका बासिन्दा खुशी भएका छन् ।

सङ्घीय राजधानी चितवन हुनुपर्ने माग गर्दै आएका यहाँका बासिन्दा भौगोलिक कारणले प्रदेशको राजधानीसमेत टाढा पर्ने हो कि भन्ने चिन्तामा रहेका थिए । आफ्नै जिल्लामा प्रदेशको राजधानीसमेत नभएपछि छिमेकी जिल्लामा स्थायी राजधानीको चित्त बुझाउँदै यहाँका बासिन्दा खुशी भएका छन् ।

Advertisement
Advertisement

माडी नगरपालिका–७ निवासी महदत्त काफ्लेले जोडिएको जिल्ला भएकाले मकवानपुर राजधानी हुँदा चितवनवासीलाई राम्रो भएको भन्दै खुशी प्रकट गरे । पूर्वी चितवनको भण्डाराका अनुपम अधिकारीले जिल्ला फरक परे पनि सिमाना जोडिएकाले मकवानपुर राजधानी हुनु चितवन भए जस्तै भएको बताए ।

चितवन क्षेत्र नं २ का सङ्घीय सांसद कृष्णभक्त पोख्रेल हेटौँडादेखि दाउन्नेबारीसम्मको भूभागलाई जोडेर एउटै शहर बनाउनुपर्ने भन्दै मकवानपुर राजधानी हुनु चितवनवासीका लागि सुखद रहेको बताउँछन् । मकवानपुर सानो क्षेत्र भएको भन्दै उनले सिमाना जोडिएको चितवनले प्रशस्त सम्भावना बोकेकाले राजधानीको लाभ लिन सक्ने तर्क गरे ।

राजधानी आउने व्यक्ति बस्ने पर्यटकीय गन्तव्यदेखि विमानस्थलसम्म चितवनमा नै रहेको छ । चितवनको सदरमुकाम भरतपुरबाट राम्रो बाटो बन्दा एक घण्टाको दूरीमा प्रदेश राजधानी हेटौँडा पुग्न सकिन्छ । विश्वका ठूला देशहरुको राजधानीबाट छिमेकमा ठूला शहरहरु बनेको भन्दै त्यो सम्भावना चितवनले बोकेको उनको भनाइ छ ।

मकवानपुरलाई प्रदेशको स्थायी राजधानी बनाउन पहल गर्दै आउनुभएकी प्रदेशसभा सदस्य गीता वाग्ले नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीको एकताले मकवानपुर राजधानी बनेकामा जिल्लावासी खुशी भएको बताउँछन् ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले अस्थायी राजधानी तय गरेको अहिलेको नेकपाका सांसदले राजधानी प्रस्ताव गरेको र काँग्रेस सांसदले राजधानीमा समर्थन गर्दै वाग्मती प्रदेश प्रस्ताव गरेको भन्दै वाग्लेले सबैको साझा राजधानी बन्न सक्नु खुशीको कुरा रहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार भूगोलको हिसाबले अन्यत्रै राम्रो हुन सक्ने भए पनि सङ्घीयताको मर्मअनुसार मकवानपुर राजधानीका लागि उपयुक्त भएको बताए । छिमेकी जिल्ला भएकाले मकवानपुर राजधानी हुँदा आफ्नै जिल्लामा राजधानी भएको आभास यहाँका बासिन्दालाई भएको उनको भनाइ छ ।

चितवनलाई नै राजधानी बनाउन नसक्दा यहाँको बासिन्दाको पहिलो रोजाइ मकवानपुर हुनु स्वाभाविक भएको उनको तर्क छ । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ चितवनलाई वैकल्पिक सङ्घीय राजधानीका रुपमा सम्भावना बोकेको जिल्ला भन्ने गरिएको भन्दै यो जिल्ला राजधानी हुन नपाउँदा छिमेकी जिल्ला हुनु यसका लागि राम्रो भएको बताउँछन् ।

उद्योग वाणिज्य महासङ्घ वाग्मती प्रदेशका उपाध्यक्ष राजन गौतम भौगोलिक हिसाबले मकवानपुर उपयुक्त नभए पनि राजधानी बनिसकेकाले यसको प्रत्यक्ष लाभ मकवानपुरपछि चितवनले लिने बताउँछन् । सङ्घीय प्रणालीमा भएकाले धेरै अपेक्षा नभए पनि व्यावसायिक रुपमा यसको लाभ चितवनलाई पनि हुने उनले बताए ।

Advertisement
Advertisement

उद्योग वाणिज्य सङ्घ चितवनका नवनिर्वाचित अध्यक्ष राजु श्रेष्ठ छिमेकी जिल्ला मकवानपुरमा राजधानी हुँदा यहाँको उद्योग–व्यवसाय वृद्धि गर्न सहयोग पुग्ने बताउँछन् । प्रशासनिक कामदेखि अन्य व्यावसायिक कामहरुमा दूरीको हिसाबले पनि चितवनवासीलाई निकै सहज भएको श्रेष्ठको बुझाइ छ । (रासस)

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top