×

NEPAL TIMES UPDATES

Playing
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्रा उ, Balenले भनेका थिए,समय आउँछ, नआत्तिनू || Nepal Times
Mar 30, 2026
Playing
देउवा, प्रचण्ड र ओलीमा सबैभन्दा धनी को छ ?|| Nepal Times
Mar 29, 2026
Playing
ओली र लेखकलाई हिरासतमुक्त गर्न अदालतले मानेन,५ दिन हिरासत|| Nepal Times
Mar 29, 2026
Playing
बालेनले हेटांैडा उद्योगलाई वाइवाइ जस्तै कसरी चलाउलान् ? || Nepal Times
Mar 29, 2026
Playing
ओलीलाई आधा दर्जन रोग, अदालतले पनि भन्यो उपचार गराउनु|| Nepal Times
Mar 29, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-15-2082 || Nepal Times
Mar 29, 2026
Playing
युद्धमा हुथीको प्रवेशपछि के हुन्छ? होर्मुजमा ट्रम्पको धैर्यको बाँध फुट्दै || Nepal Times
Mar 29, 2026
Playing
एमालेका कार्यकर्ता र प्रहरीबीच झ ड प, प्रहरीमाथि ढुंगा हानेपछि लाठीचार्ज || Nepal Times
Mar 29, 2026
Playing
पहिलो दिनमै आशाको संचार गराएको बालेन सरकार || Nepal Times
Mar 29, 2026
Playing
सयौँ अमेरिकी सैनिक घा इते, अब बहुमुखी यु द्ध, इजरेलको नयाँ ध म्की || Nepal Times
Mar 29, 2026

आपूर्ति सहज भएपछि काठ तस्करी घट्यो

६ माघ २०७६

६ माघ, सुर्खेत ।
डिभिजन वन कार्यालय सुर्खेतले काठ आपूर्तिलाई सहज बनाएपछि तस्करी घट्दै गएको पाइएको छ ।

कार्यालयले काठ तस्करको सञ्जाल निस्तेज पार्न गस्ती बढाउनुका साथै आपूर्ति व्यवस्थापनलाई सहज बनाएपछि तस्करीमा कमी आएको हो । यसअघि डिभिजन वनले आपूर्तिको काठ उपलब्ध गराउन नसक्दा सामुदायिक वनहरुबाट तस्करले उपभोक्ताको घरघरमा चोरीको काठ ढुवानी गर्ने गरेका थिए ।

Advertisement

आपूर्ति सहज बनाएपछि कार्यालयमा उपभोक्ताको निवेदन आउने क्रम बढेको छ । वन कार्यालयले आवश्यकताका आधारमा उपभोक्ताबाट तोकिएको राजस्व असुल गरेर काठ बिक्री वितरण गर्दै आएको छ । वन कार्यालयलाई सामुदायिक वन उपभोक्ता समितिले उक्त काठ उपलब्ध गराउने गर्दछन् ।

वन कार्यालयले चालु आर्थिक वर्षमा ४० हजार वर्गफिट काठ वितरण गर्ने लक्ष्य लिएको छ । डिभिजन वन कार्यालयका प्रमुख गोविन्दप्रसाद दाहालले आपूर्ति व्यवस्थापन सहज भएपछि तस्करी घटेको बताए । “काठ तस्करी बढ्नुमा माग धेरै र जिल्ला वनबाट आपूर्ति सीमित भएका कारण हो,” उनले भने, “सामुदायिक वनबाट काठ खरिद गरेर सहुलियतमा बिक्री गर्न थालेपछि तस्करी कम हुँदै गएको छ ।”

उनले तस्करी नियन्त्रणका लागि आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउनुको विकल्प नभएको बताए । प्रदेश राजधानी वीरेन्द्रनगरमा व्यक्तिगत तथा सार्वजनिक भवन निर्माणको सङ्ख्या अत्याधिक रहेकाले यहाँ काठको अभाव हुने गर्दछ ।

डिभिजन वन कार्यालयका अनुसार सुर्खेतमा सबैभन्दा बढी काठ लेखपराजुल क्षेत्रबाट तस्करी हुने गर्दछ । वीरेन्द्रनगरमा काठ तस्करी हुने मुख्य नाकाहरु बाङ्गेसिमल, बामेखोला र सुब्बाकुना हुन् ।

आपूर्ति बढाएसँगै तस्करी नियन्त्रण गर्न नियमित गस्ती, सुराकी परिचालन र सामुदायिक वनहरुलाई सजग गराउने कार्यलाई निरन्तरता दिइएको डिभिजन वन प्रमुख दाहालको भनाई् छ । यस वर्ष कार्यालयले काठ आपूर्ति समिति, सामुदायिक वन, मिलमार्पmत आपूर्तिलाई सहज बनाएको हो ।

कार्यालयका सूचना अधिकारी टेकबहादुर रावलले ८० प्रतिशत काठ तस्करी रोकिएको जिकिर गरे । यसलाई शतप्रतिशत पु¥याउने उनको दाबी छ । “कसैबाट काठ तस्करी गरिरहेको छ भन्ने भरपर्दो सूचना राति १२ बजेसम्म पनि कार्यालयमा कहाँ आइपुग्छ, त्यही आधारमा हाम्रो टोलीले प्रहरीको मद्दत लिई तस्कर पक्राउ गर्नुका साथै काठ पनि बरामद गर्छौं”, रावलले भने ।

त्यस्तै, वन क्षेत्रसँग आवादी जोडिएको गाउँबस्तीका बासिन्दाबाट वन अतिक्रमण हुने गरेको भन्दै डिभिजन वन कार्यालयले अनुगमनलाई तीव्रता दिएको बताएको छ । विभिन्न वर्गरसमूहबाट सुकुम्बासी, बाढीपीडितहरुलाई गैरकानूनी तवरले बसोबास गर्ने तथा गराउने क्रममा वन क्षेत्र अतिक्रमणमा परेको हो ।

सुर्खेतका १४ स्थानमा बाढीपीडितहरुले ८५ हेक्टर, जग्गाविहीनले ३७४ हेक्टर, विभिन्न सङ्घसंस्थाले ११ हेक्टर र अन्य निकायबाट २७८ हेक्टर गरी ७४९ हेक्टर वन अतिक्रमणमा परेको तथ्याङ्क छ ।

डिभिजन वन कार्यालयले गत वर्ष आर्थिक वर्ष २०७५–७६ मा १३५ वर्गफिट काठ बरामद गरेको जनाएको छ । विभिन्न नाकाबाट वीरेन्द्रनगर भित्र्याउँदै गरेको अवस्थामा उक्त काठ बरामद गरिएको हो । त्यस्तै १२ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । तीमध्ये ७ मुद्दा फछ्र्यौट भएका छन् ।

Advertisement

चालु आर्थिक वर्षको हालसम्मको अवधिमा भने ५७ वर्गफिट मात्रै चोरीको काठ बरामद भएको छ । बरामद गरिएका काठ सालका चिरान र गोलिया हुन् । यस वर्ष चोरी संलग्न भएको अभियोगमा तीन जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।(रासस)

भर्खरको समाचार

साउदीमा अमेरिकी विमान दुई टुक्रा,इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी

713755

एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, बालेनले भनेका थिए,समय आउँछ, नआत्तिनू

rekha-sharm)

कायापलट गर्ने बालेन सरकारका १०० सुधारका कार्यसूचीमा के छन् ?

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने

658221545_939344932018858_359187294629822060_n

ओली–लेखकलाई के सजाय हुनसक्छ? खापुङ किन पक्राउ परेनन् ?

656970025_939426805344004_8432959326432520788_n

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

सम्बन्धित खबरहरु

Scroll to Top