मुख्यमन्त्री राईद्धारा बन कर्मचारिलाई हाजिर हुन निर्देशन

१ चैत ७४, शुक्रबार

विराटनगर, चैत २
मोरङको उत्तरी क्षेत्रमा रहेको चारकोशे झाडीको जंगल फडानी भइरहेको सुचना आएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले त्यस क्षेत्रमा कार्यरत वन कर्मचारीलाई आइतबार मुख्यमन्त्रीको कार्यलयमा हाजिर हुन निर्देशन दिएका छन् ।

Advertisement

प्रदेश १ मुख्य सचिव यादव कोइरालालाई निर्देशन दिदै मुख्यमन्त्री राईले कर्मचारीहरुलाई बोलाउन लगाएका हुन् । राष्ट्रपति निर्वाचनको लागि एक साता देखि काठमाडौैँमा रहेका राई भोलि प्रदेश राजधानी विराटनगर आउदै छन् ।

स्थानीय ठेकेदार र तस्करहरुको मिलोमतोमा वन फडानी भइरहेको गुनासो आएकाले कर्मचारीलाई छानविनका लागि बोलाइएको प्रमुख सचिव कोइरालाले जानकारी दिए ।

Advertisement

विभिन्न वन उपभोक्ता समिति समेतको मिलेमतोमा जंगल फडानी भइरहेको समाचारहरु समेत प्रकाशित हुन थालेपछि त्यस्ता उपभोक्त समितिहरुका पदाधिकारी माथि पनि छानविन गरि कारबाही गर्ने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top