×

NEPAL TIMES UPDATES

Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026

१० प्रतिशत छात्रबृति दिन सामाजिक विकास मन्त्रीको उर्दी

२ चैत्र २०७४

विराटगर, चैत २
प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले नयाँ शैक्षिक सत्रबाट अनिवार्य १० प्रतिशत छात्रबृति दिन प्रत्येक बोर्डिङ स्कुलहरुलाई निर्देशन दिएका छन् ।
अन्र्तराष्ट्रिय उपभोक्ता दिवसको अवसरमा उपभोक्ता हित संरक्षण मंच नेपालले आज विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बोर्डिङ स्कुलहरुमा देखिएका बेथिति र बिसंगति नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले विभिन्न निर्णयहरु गरेको जानकारी दिए ।

उनले अब केहि दिनमा शुरु हुने नयाँ शैक्षिक सत्रबाट प्रत्येक बोर्डिङ स्कुलहरुले अनिवार्य १० प्रतिशत छात्रबृति दिनुपर्ने,बर्षै पिच्छे पुस्तक फेर्न नपाईने,पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेका किताब मात्र अध्ययन गराउनुपर्ने जानकारी गराए ।

Advertisement
Advertisement

मन्त्री घिमिरेले अब उपरान्त बोर्डिङस्कुलहरुलाई कपी,किताब र पोशाक बेच्ने कार्यलाई बन्द गर्न पनि निर्देशन दिए । मन्त्री घिमिरेले हालकालागि निर्देशन जारी गरिएको बताउदै यहि चैत्र ७ गते बस्ने संसदबाट सोहि अनुरुपको ऐन ल्याईने बताए ।

Advertisement
Advertisement

उनले मन्त्रालयले ल्याउने ऐन कानुन र निर्णहरुलाई कार्यान्वयन गराउन उपभोक्तासंग सम्बन्धित संघसंस्थाहरुको सहयोग आवश्यक पर्ने बताए । कार्यक्रममा आयोजक संस्थाका उपाध्यक्ष कृष्णप्रसाद मार्सेलीले लिखित बार्षिक पत्रिका जागरण अभियानको दोश्रो अंकको विमोचन गरेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top