पारससहित राष्ट्रिय क्रिकेट टोलीको घोषणा

९ माघ ७६, शुक्रबार

१० माघ, काठमाडौँ ।
विश्वकप क्रिकेट लिग २ को खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ(क्यान)ले शुक्रबार घोषणा गरेको १४ सदस्यीय राष्ट्रिय टोलीमा पूर्व राष्ट्रिय कप्तान पारस खड्का पनि समावेश छन्। ज्ञानेन्द्र मल्लको कप्तानी रहेको टोलीमा उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिइएको छ।

टोलीमा सन्दीप लामिछाने, करन केसी, आरिफ शेख, विनोद भण्डारी, अविनाश कर्ण, कुसल मल्ल, कमलसिंह ऐरी, शरद भेषावकर, सुसन भारी, रोहित पौडेल र ललित नारायण राजबंशी रहेका छन्।

Advertisement

टोलीको मुख्य प्रशिक्षकमा उमेश पटवाल र प्रशिक्षकमा जगत टमटा छन्। सहायक प्रशिक्षकको जिम्मेवारी बसन्त शाहीलाई दिइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top