चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

९ माघ ७६, शुक्रबार

१० माघ, एजेन्सी ।
कोरोनाभाइरसको सङ्क्रमण फैलिने चिन्ता बढ्दै गर्दा चीनको ख्हबेई प्रान्तका नगरहरूमा यात्रा प्रतिबन्धहरू कडा बनाइएका छन्।

त्यो भाइरसका कारण अहिलेसम्म २५ जनाको ज्यान गइसकेको छ। करिब दुई करोड मानिसलाई यात्रा नगर्न निर्देशन दिइएको छ। फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको यो भाइरस सङ्क्रमण विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ।

चिनियाँ अधिकारीहरूका अनुसार पछिल्ला सङ्क्रमण कोरोनाभाइरसका कारण भइरहेका छन्। यस क्रममा देखिएका धेरै मध्ये छ वटाले मात्र मानिसहरूलाई सङ्क्रमित तुल्याइरहेका छन्।

Advertisement

अहिले देखिएको नयाँ थपिँदा ती भाइरसको सङ्ख्या सात पुग्न जान्छ। सन् २००२ मा सार्स भन्ने भाइरसको महामारीले झन्डै आठ हजार एक सय जनालाई सङ्क्रमित तुल्याएको थियो। ती मध्ये सात सय ७४ जनाको ज्यान गयो।

तर विज्ञहरू भन्छन अहिले चिकित्सकहरू यस्ता सङ्क्रमणसँग जुध्न धेरै नै तम्तयार भइसकेका छन्। कोरोनाभाइरसको सङ्क्रमण भएपछि ज्वरो आउँछ र त्यसपछि सुख्खा खोकी लाग्छ। केही हप्तापछि सास फेर्न गाह्रो हुन्छ र केही बिरामीलाई अस्पताल लैजाने अवस्था आउँछ।

Advertisement

तर कैयौँ अवस्थामा यस्ता लक्षण नदेखिका बिरामी पनि भेटिने गरेको विज्ञहरू बताउँछन्। कोरोनाभाइरसको सङ्क्रमणका कारण ज्यान जानेको सङ्ख्या कुल सङ्क्रमितको तीन प्रतिशत मात्रै हो।

तर यो सङ्क्रमण प्राणघातक बन्न केही समय लाग्ने भएकोले ज्यान जानेको सङ्ख्या अझै बढ्ने भय व्यक्त भइरहेका छन्। त्यसमाथि चिकित्सकहरूले थाहै नपाएका सङ्क्रमण कति छ भन्ने अझै प्रस्ट भइसकेको छैन।

विज्ञहरूले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन भिडभाड युक्त स्थानमा नजान, साबुनले हात धोइराख्न र बाहिर निस्किदा मास्क लगाउने सुझाव दिएका छन्। ज्वरो र रुघाखोकी लागेमा सावधान रहन र चिकित्सकको परामर्श लिनुपर्ने उनीहरूको सुझाव छ।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top