×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

ताराखोला घरवासको पहिलो रोजाइ कोदोको ढिँडो

१२ माघ २०७६

१२ माघ, बागलुङ ।
ताराखोला गाउँपालिकाले घरवास पर्यटनलाई बढावा दिएको छ । विसं २०७७ लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको गाउँपालिकाले यही वर्ष गाउँपालिकाभित्र चार घरवास (होमस्टे) सञ्चालनमा ल्याइएको छ ।

दुई घरवासमा गाउँपालिकाको आफ्नै लगानी छ । गत आवमा घरवास सञ्चालनका लागि गाउँपालिकाले रु १० लाख बजेट छुट्याएको थियो । विनियोजित रकमले वडा नं २ अर्गलमा ‘किकल्टा घरवास’ र वडा नं ५ ठूलोहिलेमा ‘हिले घरवास’ शुरुआत भएको थियो । अर्गलमा सात घर र ठूलो हिलेका पाँच घरमा घरवास सेवा छ ।

Advertisement
Advertisement

यस्तै गण्डकी प्रदेश सरकारको सहयोगमा वडा नं ४ छम्टुमा ‘ताराखोला बहुउद्देश्यीय सामुदायिक रेम्बो ट्राउट घरवास’ र वडा नं ५ मा ‘सीप सामुदायिक घरवास’ सञ्चालनमा ल्याइएको छ । दुवै घरवासका लागि प्रदेश सरकारले रु १० लाखका दरले अनुदान दिएको थियो । गाउँपापालिकाको लगानीमा खुलेका दुई घरवासका लागि समेत यो वर्ष प्रदेश सरकारबाट अनुदान ल्याउन पहल भइरहेको छ ।

“गत वर्ष दुवै होमस्टेलाई पाँच÷पाँच लाख अनुदान दियौँ, यो वर्ष स्तरोन्नतिका लागि केही बजेट छ”, गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले भने। गाउँपालिकाले सिकाइ र अनुभव आदानप्रदानका लागि अघिल्लो महिना घरवास सञ्चालकलाई अध्ययन भ्रमणसमेत गराएको थियो ।

स्याङ्जाको सिरुबारी, लमजुङको घलेगाउँ र तनहुँको बन्दीपुर घरवासको भ्रमण गरिएको ‘किकल्टा घरवास’ सञ्चालक समितिका कोषाध्यक्ष केशकुमारी घर्तीमगरले जानकारी दिइन् । “भ्रमणबाट धेरै कुरा सिकियो, घरवास कस्तो हुनुपर्छ, पाहुनाको सत्कार कसरी गर्ने भन्ने जानियो”, उनले भनिन् ।

उनका अनुसार ‘किकल्टा’ घरवासमा आउने पाहुना/पर्यटकले स्थानीय खानाका परिकारसँगै र पारिवारिक बसाइँको आनन्द लिन्छन् । “कोदोको ढिँडो, मकै, आलु, स्थानीय कुखुराको मासु बढी रुचाउनुहुन्छ”, घरवास सञ्चालक घर्तीमगरले भनिन् । सादा खानाको रु १७० र मासुको रु १५० मूल्य तोकिएको छ । यस्तै बास बसेको रु २५० लाग्छ ।

पेय पदार्थ र अन्य परिकार खाँदा छुट्टै पैसा तिर्नुपर्छ । यस्तै वडा नं ४ छम्टुमा सञ्चालित सामुदायिक घरवासमा २२ जना पाहुना राख्ने क्षमता छ । “होमस्टेमा ट्राउट माछासहित स्थानीय खानाका परिकार खुवाउँछौँ”, घरवास सञ्चालक समितिका अध्यक्ष पदम खत्रीले भने ।

गाउँले जनजीवन, खानपान, घुमफिर र संस्कृतिका हिसाबले ताराखोला धनी छ । ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनका लागि घरवास कार्यक्रम प्रभावकारी मानिन्छ । “हामीकहाँ घरवास नै बढी उपयुक्त छ, भ्रमण वर्ष २०७७ लाई लक्षित गरेर घरवासको क्षमता बढाउन लगानी थप्दैछौँ”, गाउँपालिकाका अध्यक्ष घर्तीमगरले भने ।

उनले भ्रमण वर्षमा बढीभन्दा बढी आन्तरिक पर्यटकलाई ताराखोला भित्र्याउने लक्ष्य रहेको उल्लेख गरे । पर्यटन प्रवद्र्धन तथा भ्रमण वर्ष सफल पार्न गाउँपालिकाले चालू आवमा रु ७० लाख बजेट छुट्याइएको थियो । उक्त बजेट पर्यटनमैत्री पूर्वाधार निर्माण र प्रचारप्रसारमा खर्च गरिने छ । सडक स्तरीकरण, सरसफाइ, कला, संस्कृतिको संरक्षण, घरवासको स्तरीकरणलगायतका काम भइरहेको छ ।

पर्यटकीय सम्भावनायुक्त भएर पनि पूर्वाधार र प्रचारप्रसार अभावले ताराखोला ओझेलमा छ । व्यवस्थित सडक, पर्यटकीय पूर्वाधार र गन्तव्यस्थलको पहिचान गर्न सके ताराखोलाले पर्यटनमा फड्को मार्ने देखिन्छ । ताराखोलामा पर्यटक भित्र्याउन घरवास कार्यक्रमले टेवा पुग्ने विश्वास लिइएको छ । घरवासले अन्य गन्तव्यस्थलको समेत उजागर हुनेछ । स्थानीय उत्पादनका हिसाबले पनि ताराखोला परिचित छ ।

Advertisement

यहाँको मुख्य उत्पादन आलु र भाँगो हो । यस्तै गाईघाटको झरना, डुडेलेलगायत दर्जनौँ पर्यटकीय गन्तव्यस्थल यहीँ पर्छन् । ऐतिहासिक भुस पोल्ने, सिस्नो खोस्ने पर्व, असारे मेलाजस्ता मौलिक संस्कृति र परम्परा ताराखोलामा जीवित छन् । बागलुङ सदरमुकामदेखि ५० किमी मोटरयात्रामा ताराखोला पुगिन्छ ।रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top