१२ माघ, काठमाडौं ।
आर्थिक वर्ष २०७५÷०७६ मा ३ हजार २८२ जना नयाँ कुष्ठरोगका विरामी फेला परेका छन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३३ ले बढी हो । आर्थिक वर्ष २०७४÷०७५ मा ३ हजार २४९ जनामा कुष्ठरोगको संक्रमण रहेको पत्तालागेको थियो । अपाङ्ग तथा कुष्ठरोग नियन्त्रण केन्द्रकाअनुसार अहिले उपचारमा २ हजार ९२१ जना संलग्न रहेका छन् । नयाँमध्ये १४ वर्षमूनिका २६० जनाविरामी छन् ।
नयाँविरामीमध्ये ११ सय ४२ जनामहिला रहेका छन् । केन्द्रकाप्रमुख डा. उत्तम घिमिरेकाअनुसार नयाँविरामीको तह २ असमर्थताभएको विरामीको संख्या १५६ रहेको छ ।
केन्द्रकाअनुसार तराई लगायतविभिन्न १७जिल्लाहरुमा कुष्ठरोगको प्रकोपदर १ भन्दा बढी रहेको छ ।
अहिलेसम्म कुष्ठरोगको कारणबाट ३१ हजारभन्दा बढी अपांगभएको अनुमान केन्द्रले गरेको छ । नेपालमावि.स. २०६६ साल माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग निवारणको घोषणा गरिएको भएपनि १७जिल्लामा कुष्ठरोगकानिवारण हुन सकेको छैन् ।
६७औं विश्व कुष्ठरोग दिवकाकाअवशरमा केन्द्रले सन् २०२० को अन्त्यसम्म सबै जिल्लामा कुष्ठरोगको प्रकोपदर प्रति १ हजार जनसंख्यामा १ भन्दाकमगर्ने लक्ष्यलिएको छ । त्यसैगरी कुष्ठरोगको नयाँविरामीमध्ये १४ वर्षमुनिकाहरुको हकमाअसमर्थताको तह २ लाई शून्यबनाउने, सबै नयाँनिदानभएका कुष्ठरोगकाविरामीहरुमातह २ असमर्थतालाई प्रति १० लाख जनसंख्यामा १ भन्दाकमगर्ने र कुष्ठरोग प्रभावितहरुलाई भेदभावहुने प्रकारको कानूनीप्रावधानहरुलाई शून्यबनाउने लक्ष्यलिएको छ ।
सरकारले झापा, मोरङ, पर्सा, धनुषा, रुपन्देही, कपिलवस्तु, कैलाली, कञ्चनपुर, अछाम, उदयपुर, इलामलगायतकाजिल्लामा कुष्ठरोग संक्रमणको न्यूनिकरण गर्न एलपीइपी सेवा सञ्चालन गरेको छ । त्यसैगरी आनन्दबन अस्पताल, आइ.एन.एफ र लालगढ कुष्ठरोग अस्पतालको सहकार्यमा सुधारात्मकशल्यक्रियाकाकार्यक्रमहरु सञ्चालनभइरहेका छन् ।
केन्द्रकाअनुसार ७७ वठै जिल्लामाप्रदेश मेडिकल स्टोर मार्फत बहुऔषधिव्यवस्थापनभइरहेको छ । कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने तर ज्यादै कम सर्ने रोग हो । ९५ प्रतिशतमानिसमा किटाढाुसँग लड्न सक्ने क्षमताहुन्छ ।
सुरुको अवस्थाा रोगको उपचार गर्न सके यो रोग अरुलाई सर्दैन र अपांगता हुनबाट बचाउँछ । सरकारले कुष्ठरोगको नियमितउपचार पुरा गरेपनि १ हजार र रोगबाट हुने जटिलताको उपचार गर्न प्रेषण अस्पतालमा भर्ना हुने प्रभावितलाई थप एक हजार यातायातखर्च बाफतउपलब्ध गराउँदै आएको छ ।
‘कुष्ठरोग विरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्यमानवअधिकारको सम्मान’भन्ने नाराका साथआइतबार कुष्ठरोग दिवस मनाइएको छ ।