नवनिर्वाचित सभामुख सापकोटाद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

१३ माघ ७६, सोमबार
Share this
667shares

१३ माघ, काठमाडौं । सभामुखमा निर्वाचित भएका अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिएका छन्।

Advertisement

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित सपथ ग्रहण समारोहमा राष्ट्रपति भण्डारीले सापकोटालाई सपथ खुवाएकी हुन्। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, नेकपा नेताहरू उपस्थित छन्।

सापकोटा प्रतिनिधिसभाबाट आइतबार सर्वसम्मतले सभामुख निर्वा्चित भएका हुन्। सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वा्चित सापकोटा दुई पटक मन्त्री भैसकेका छन्।

Advertisement

उनलाई नेकपाले सभामुख बनाउने निर्णय गरेपछि राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले राजिनामा दिएका थिए। द्वन्दकालमा काभ्रेमा मारिएका अर्जुन लामाको हत्या आरोप लागेकाले सापकोटालाई कारबाही गर्न माग गर्दे प्याकुरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसैले उनलाई सभामुख बनाउने निर्णयपछि प्याकुरेलले राजिनामा दिएका हुन्।

सभामुख निर्वा्चित भएपछि संसद भवनबाट बाहिरिने क्रममा सापकोटाले आफूले लोकतन्त्रको मूल्य, मान्यता र आदर्श कायम राख्ने बताए । उनले लोकतन्त्रको मूल्य, मान्यता र आदर्श कायम राख्न जनताको सार्वभौम संस्थाको ओज, गरिमा कायम राख्न तटस्थ निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्न सधैंभरि लागि रहने प्रतिबद्धता जनाएका छन् ।

Advertisement

सभामुख निर्वा्चित भएपछि आफूबारे अदालतमा रहेको मुद्दाबारे भने उनी मौन रहे । उनलाई पत्रकाहरूले सर्वोच्च अदालतमा पक्राउ गर्न माग गर्दै परेको मुद्दा विचाराधीन रहेको विषयमा प्रश्न गरेका थिए जुन विषयमा उनले बोल्न चाहेनन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top