विराटनगर, चैत ३
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले अव बन्ने सरकार स्थायी हुने भएकाले देशमा दिगो विकास हुने वताएका छन् । गृह जिल्ला इलाम पुगेका खनालले देश समृद्धिको दिशातर्फ अघि वढेको वताउँदै जनतालाई समेत विकास निर्माणमा चासो राख्न आग्रह गरे ।
स्थानीय सरकारले प्रदेश सरकारसँग सहकार्य गरेर अघि वढ्नुपर्ने धारणा उनको थियो । सहकार्य गरेर दिगो विकास र समृद्धिको दिशातर्फ लाग्न उहाँले जनप्रतिनिधिहरुलाई आग्रह समेत गरे । फरक प्रसंगमा उनले इलाम र सूर्योदय नगरपालिकालाई खेलकुद क्षेत्रमा विकास गराउन आफुले सक्दो प्रयास गर्ने बताए ।