१७ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन

१९ माघ ७६, सोमबार

२० माघ, काठमाडौं । गृह मन्त्रालयले १७ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रालयमा १७ सहसचिव र १७ जना उपसचिवको सरूवा गरेका हुन्।

इलाम, बाग्लुङ, गोरखा, कञ्चनपुर, पाल्पा, पर्सा, काभ्रे, सिन्धुपाल्चोक, सुर्खेत, नवलपरासी पूर्व, रामेछाप, खोटाङ, सल्यान, डडेल्धुरा, मुगु, भोजपुर, डोल्पामा सिडिओ फेरिएका हुन्।

Advertisement

इलाममा तुलसीराम सेढाईं, बाग्लुङमा गौलोचन सैंजु, गोरखामा सुरेन्द्र पौडेल, कञ्चनपुरमा नुरहरि खतिवडा, पाल्पामा यादव सुवेदी, पर्सामा विष्णुकुमार कार्की, काभ्रेमा श्रवणकुमार तिमिल्सेना, सिन्धुपाल्चोक उमेशकुमार ढकाल, सुर्खेतमा रमेश न्यौपाने, नवलपरासी पूर्वमा पिताम्बर घिमिरे र रामेछापमा रूद्रादेवी शर्माको काज सरूवा भएको छ।

त्यस्तै खोटाङमा शालिग्राम शर्मा पौडेल, सल्यानमा शिवराम पोखरेल, डडेल्धुरामा जगनाथ पन्त, मुगुमा कृष्णकुमार निरौला, भोजपुरमा बसन्तराज पुरी, डोल्पामा सुरेश सुनार नयाँ सिडिओ भएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top