विराटनगर, चैत ५
विराटनगर महानगरपालिकाले गरेको विकास निर्माणको काममा विराटनगर–७ का स्थानीयले खबरदारी गर्ने भएका छन् । विराटनगर–७ मा बुद्ध मिलन वाचानालयले गरेको कार्यक्रममा महानगरपालिकाले गरेको विकास निर्माणमा कमजोरी भेटिए अवरुद्ध पार्ने स्थानीयले चेतावनी दिए ।
उनीहरुले कामलाई तीव्रता दिन र गुणस्तरीयता कायम गर्न स्थानीय आफै सक्रिय हुने प्रतिबद्धता जनाए । काममा गुणस्तीयता नहुँदा ससाना विषय लिएर महानगरपालिका जानुभन्दा आफै खबरदारी गरेर काम छिटो र गुणस्तरीय बनाउनेतर्फ अग्रसर हुने उनीहरुको भनाइ छ ।
कार्यक्रममा बोल्दै विराटनगर महानगपालिकाका मेयर भीम पराजुलीले विराटनगरको विकास र समृद्धि नै आफ्नो पहिलो उद्देश्य रहेको बताए । उनले महानगरपालिकाले गरेको विकास निर्माण लगायतका अन्य काममा स्थानीयको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने हँुदा सबैको साथ र सहयोगले विराटनगरको समग्र विकास हुने धारणा राखे ।