पथरीशनिश्चरे नगरपालिकाद्धारा राजपत्र प्रकाशनका लागि कार्यविधि पारित

४ चैत ७४, सोमबार

पथरी, चैत ५
मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरपालिकाबाट निर्माण गरिने कानून, नीति, नियम निर्माण सहितका महत्वपूर्ण निर्णयहरु प्रकाशमा ल्याउन राजपत्र प्रकाशनका लागि कार्यविधि पारित गरेको छ ।

नगर प्रमुख दीलिपकुमार राईको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको वैठकले विभिन्न १८ वटा वुँदामा छलफल गर्दै राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि पारित गरेको हो ।

बैठकले दोस्रो नगरसभा आगामी वैशाख १७ गते वस्ने पनि टुंगो लगाएको छ । यसैगरी, चैत महिनाभरिमा आवश्यक परामर्श लिई शैक्षिक कार्यविधि पारित गर्ने तथा चाँडै वाल संरक्षण कार्यविधि निर्माण गर्ने पनि निर्णय भएको छ ।

अबको आर्थिक वर्षमा भूक्तानी गर्नेगरी वडाध्यक्षहरुका लागि आवश्यक मोटरसाइकल खरिद गर्न मोटरसाइकल कम्पनीसँग आशयपत्र माग गर्ने पनि निर्णय गरिएको छ ।

यस आर्थिक वर्षमा परेका योजनाहरु चैत मसान्तभित्र सम्झौता गरिसकेर जेठको १५ गतेसम्म सम्पन्न गरिसक्नु पर्ने वैठकले निर्णय गरेको छ । बैठकले सडक क्षेत्रका पसल र सामग्री हटाउनका लागि ७ दिनको समय दिइएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top