२२ माघ, काठमाडौँ ।
नेपाल सरकारले तराई क्षेत्रका विभिन्न विमानस्थलहरुको स्तरोन्नतीका लागि विशेष योजना अघि सारेको छ । सातवटै प्रदेशका तराईका जिल्लामा अवस्थित विमास्थलको स्तरोन्नतीका लागि सरकारले विशेष योजना अघि सारेको हो ।
विराटनगर, नेपालगञ्ज, चन्द्रगढी विमानस्थलको स्तरोन्नतीका लागि सरकारले योजना अघि सारेको हो । त्यसैगरी धनगढी, भरतपुर, जनकपुर र राजविराजको स्तरोन्नतीका लागि पनि सरकारले काम गर्नेछ । विराटनगर विमानस्थलको स्तरोन्नतीका लागि ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जग्गा अधिग्रहणका लागि समेत सोही बराबरको रकम लाग्ने अनुमान गरिएको छ ।
यस्तै नेपालगञ्ज विमानस्थलका लागि ४ अरब र जग्गा अधिग्रहणका लागि ३ अर्बखर्च हुनेछ । यसैगरी चन्द्रगढी विमानस्थल स्तरोन्नतीका लागि ३ जग्गा अधिग्रहण गर्न ३ अर्बर विमानस्थल निर्माणका लागि २ अर्ब लाग्ने अनुमान गरिएको छ । धनगढी विमानस्थलको स्तरोन्नतीका लागि २ करोड रुपैयाँ र जग्गा अधिग्रहणमा साढे ४ अर्ब खर्च हुने अनुमान गरिएको छ ।
यसैगरी भरतपुर विमानस्थलको रनवे ओभरलेको काम अन्तिम चरणमा पुगेको छ । १० करोड रुपैयाँको रकम विनियोजन गरिएको छ । यसैगरी जनकपुर विमानस्थलको स्तरोन्नतीको काम पनि अन्तिम चरणमा पुगेको छ । परियोजनामा कुल ३७ करोड रुपैयाँखर्च हुने अनुमान गरिएको छ । यस्तै राजविराज विमानस्थल निर्माणमा ६० करोड र जग्गा अधिग्रहणमा साढे १ अरब रुपैयाँखर्च हुने अनुमान गरिएको छ । सम्पूर्ण विमानस्थलहरुको स्तरोन्नतीका लागि ५ वर्षको समयावधि तोकिएको छ ।

