×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

इरानी हमलामा भारतीयको मृत्यु, अब्राहम युद्धपोतमा हान्ने तेहरानको चेतावनी

१६ चैत्र २०८२

१६ चैत , काठमाण्डौ ।

पश्चिम एसियाको जारी युद्धमा कुनै साइनो नभएको देशका नागरिकहरुले पनि क्षति व्योहोर्नु परिरहेको छ । रोजगारी वा अन्य शिलशिलामा ती मुलुकहरुमा पुगेका कारण वा यो समयमा त्यहाँ रहेका कारण मूल्य चुकाउनु परेको छ । डर, त्रास, रोजजारी गुम्ने, दैनिकीमा अवरोध त छदैछन्, जीउज्यानकै जोखिम मोल्नु परिरहेको छ ।

Advertisement
Advertisement

यसक्रममा खाडी मुलुकमा भएका केही नेपालीहरुसहित अन्य मुलुकका नागरिकहरु घाइते भएका छन् । एकजना नेपालीको मृत्यु भएको छ, एकजना इरानको बन्दी बन्न पुगेका छन् । यसैबीच आज इरानले कुवेतमा गरेको आक्रमणमा एक भारतीय नागरिकको पनि मृत्यु भएको छ । इरानले कुवेतको एक ‘पावर डिसेलिनेशन प्लान्ट’ मा गरेको आक्रमणमा भारतीय नागरिकको मृत्यु भएको हो ।

कुवेतको विद्युत तथा जल मन्त्रालयले ‘पावर डिसेलिनेशन प्लान्ट’ मा भएको आक्रमणमा एक भारतीय कामगारको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयले सोशल मिडिया प्लेटफर्म ‘एक्स’ मार्फत् भनेको छ, ‘आक्रमणबाट प्लान्टमा ठूलो क्षति भएको छ । अत्यावश्यक सेवा सुचारूका लागि प्राविधिक टोली काम गरिरहेको छ ।’

मन्त्रालयकी प्रवक्ता इन्जिनियर फातिमा अब्बास जोहर हाइताले भने भवनमा खासै ठूलो क्षति नभएको बताएको बीबीसीले जनाएको छ । यता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको शीर्ष नेतृत्वमाथि भएको आक्रमणलाई सत्ता परिवर्तन सरह भएको बताएका छन् । पूर्व सर्वोच्च नेता अली खामेनीसहित दर्जनौँ शीर्ष अधिकारीहरू मारिएको घटनालाई उनले ‘पुरानो शासनको पतन’ को रूपमा चित्रण गरेका हुन् ।

ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले अमेरिकी सेनाले इरानका कैयौँ महत्वपूर्ण लक्ष्यहरू ध्वस्त पारेको दाबी गरे। फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा उनले आफ्नो मुख्य रुचि इरानको तेलमा रहेको खुलासा गरेका छन्। उनले भने, ‘मेरो मनपर्ने कुरा इरानबाट तेल लिनु हो, तर अमेरिकाका केही मूर्खहरू मलाई प्रश्न गर्छन्।’

उनले इरानको ९० प्रतिशत तेल निर्यात हुने खर्ग टापु कब्जा गर्ने विकल्प समेत खुला रहेको बताए । ट्रम्पले इरानसँगको लडाइँ छिट्टै समाप्त गर्न सम्झौता सम्भव रहेको दाबी समेत गरेका छन्। उनले हालसम्म १३ हजार लक्ष्यमा बमबारी भइसकेको र अब झन्डै २ हजार लक्ष्य बाँकी रहेको जानकारी दिए।

उनले भने, ‘एक सम्झौता एकदम छिटो गर्न सकिन्छ।’ ट्रम्पले १५ बुँदे अमेरिकी प्रस्तावका अधिकांश माग इरानले स्वीकार गरेको दाबी गरे पनि यसको औपचारिक पुष्टि भने भएको छैन ।खामेनीका छोरा तथा उत्तराधिकारी मोज्तबा खामेनी सम्पर्कविहीन रहेको ट्रम्पले उल्लेख गरेका छन् ।

उनी जीवित हुन सक्छन्, तर उनी गम्भीर घाइते छन्,’ उनले भने। मोज्तबा युद्धको पहिलो दिन भएको आक्रमणमा घाइते भएको ठानिएको छ । ट्रम्पले इरानले आणविक हतियार पूर्ण रूपमा त्याग्नुपर्ने सर्त राख्दै देश नरहने चेतावनी समेत दिएका छन् ।

उनले भने, ‘यदि उनीहरूले सम्झौता गरेनन् भने उनीहरूको देश रहने छैन।’ उनले इरान पछिल्लो समय ‘व्यावहारिक’ भएको टिप्पणी समेत गरे । इरानले होर्मुज जलमार्ग हुँदै थप २० वटा तेल ट्यांकर जान दिन सहमति जनाएको उनले दाबी गरेका छन् । यसले वार्ताको सकारात्मक वातावरण बनाउने ट्रम्पको बुझाइ छ ।

यता इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको घटनाको बदला लिन इरानी नौसेनाले अमेरिकी विमानवाहक युद्धपोत अब्राहम लिङ्कन तटीय क्षेत्रमा आक्रमण गर्ने घोषणा गरेको छ । इरानका नौसैनिक कमान्डर रियर एडमिरल शाहराम इरानीले अब्राहम लिङ्कन विमानवाहक युद्धपोतको गतिविधिलाई वास्तविक समयमा नजिकबाट नियालिरहेको बताएका छन् ।

उनले भने, ‘अब्राहम लिङ्कन एयरक्राफ्ट क्यारियर स्ट्राइक ग्रुप’ले आफ्नो दायरामा प्रवेश गरेपछि देनासँगै शाहदत प्राप्त गरेका आफ्ना नागरिकको बदला लिन तटीय मिसाइलले यसलाई निशाना बनाइनेछ । ‘स्ट्राइक ग्रुप’को सबै गतिविधि र स्थिति र क्षेत्रीय देशहरूलाई यसले दिएको अनुरोधलाई निगरानी गरिएको छ।’

उनले भने, ‘पूर्वी हर्मुज घाँटी र ओमान सागर पूर्ण रूपमा इरानी नौसैनिक नियन्त्रणमा छन्।’ गालेबाट करिब २० नटिकल माइल पश्चिममा अमेरिकी पनडुब्बी टारपीडो ठोक्किएपछि मार्च ४ मा श्रीलङ्काको दक्षिणमा ‘आइआरआएस डेना’ डुबेको थियो।

आइआरआएस डेना’ मा सवार चालक दलका १८० सदस्यमध्ये ८० भन्दा बढी नाविकको मृत्यु भएको बताइएको छ भने अन्य जीवित व्यक्तिलाई श्रीलंकाली नौसेनाले उद्धार गरेको छ र गालेको अस्पतालमा भर्ना गरिएको छ । भारतीय नौसेनाले ‘आइआरआएस डेना’ को खोजी र उद्धार अभियानमा सहयोग पुर्याउन आइएनएस तरङ्गिनी र आईएनएस इकसाकका साथै समुद्री गस्ती विमान पनि तैनाथ गरेको थियो ।

यसैबीच, इरानको संसदका सभामुख एमबी गालिबाफले अमेरिकाले गोप्य रूपमा स्थलगत आक्रमणको योजना बनाएको आरोप लगाउँदै तेहरान त्यसका लागि तयार रहेको बताएका छन् । उनले अमेरिकालाई आफ्नो भूमिबाट आक्रमण गर्न अनुमति दिइरहेका खाडी देशहरूलाई पनि चेतावनी दिँदै क्षेत्रीय साझेदारहरूलाई ‘दण्डित’ गर्ने चेतावनी दिए ।

गालिबाफले भने, ‘दुश्मनले गोप्य रूपमा जमिन आक्रमणको योजना बनाउँदा खुला रूपमा मित्रताको सन्देश पठाउँछ । हामी उनीहरूको आगमनको लागि पर्खिरहेका छौँ। हामी उनीहरूलाई हमला गर्नेछौँ र उनीहरूको क्षेत्रीय साझेदारहरूलाई सदाको लागि सजाय दिनेछौँ।’

अमेरिकी अधिकारीलाई उद्धृत गर्दै वासिङ्टन पोस्टले पेन्टागनले हप्तौँसम्म इरानमा सीमित स्थलगत अपरेशनको तयारी गरिरहेको रिपोर्ट गरेपछि यो कुरा आएको हो । एक अमेरिकी अधिकारीका अनुसार यो योजना इरानमाथि पूर्ण रूपमा आक्रमण गर्ने होइन तर विशेष अपरेसन र परम्परागत पैदल सेनाको विशेष छापा मार्ने योजना हुन सक्छ।

पश्चिम एसियामा बढ्दो द्वन्द्वका बीच यस क्षेत्रका धेरै देशहरूमा रणनीतिक पूर्वाधारमा आक्रमणको बढ्दो रिपोर्टहरू छन् । यता अमेरिका र इरानबीच शान्ति वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई विभिन्न देशले समर्थन गरेका छन्। इस्लामावादमा भेला भएका साउदी अरब, टर्कीए र इजिप्टका विदेश मन्त्रीले पाकिस्तानको पहललाई पूर्ण समर्थन जनाएका हुन् ।

टर्कीएका विदेशमन्त्री हाकान फिदान, इजिप्टका बद्र अब्देलट्टी तथा साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान इस्लामावादमा भेला भएका हुन । पाकिस्तानका उपप्रधान एवं विदेश मन्त्री मोहम्मद इशाक डारले एक सन्देशमार्फत सहभागीले वार्ता र कुटनीति नै दिगो शान्ति प्राप्त गर्ने एक मात्र व्यावहारिक मार्ग भएकोमा सहमति जनाएका बताए ।

मध्यपूर्वमा थप सैन्य तनाव रोक्न आवश्यक रहेकोमा छलफलमा सहभागी विदेशमन्त्रीले जोड दिएका छन् । डारले भ्रमणमा आएका विदेश मन्त्रीहरूलाई अमेरिका र इरानबीच हुनसक्ने सम्भावित वार्ताको सम्भावनाबारे जानकारी गराएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

मध्यपूर्वको युद्ध समाधानका लागि पाकिस्तानले कूटनीतिक सक्रियता बढाएको हो । यसका लागि थप समन्वय बढाउन पाकिस्तानसहित चार वटै देशका विदेश मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित एक समिति गठन गर्ने निर्णय पनि भएको छ । बैठक क्षेत्रीय परिस्थितिको विकास र तनाव कम गर्ने तथा जारी द्वन्द्व अन्त्य गर्ने प्रयासमा केन्द्रित थियो ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top