×

NEPAL TIMES UPDATES

Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026

सुदन गुरुङकै अघि आईजीपी रोएपछि, नेपाल प्रहरी अब आधुनिक बन्ने

१७ चैत्र २०८२

१७ चैत , काठमाण्डौ।

बालेन शाह नेतृत्वको सरकार गठनसँगै देशको राजनीतिक र प्रशासनिक निर्णयहरूमा असाधारण जनचासो देखिन थालेको छ। त्यही चासोको केन्द्रमा छन् गृहमन्त्री सुधन गुरुङ । जसले पद सम्हालेको केही दिनमै साहसिक निर्णय र सक्रियतामार्फत राज्य संयन्त्रमा नयाँ सन्देश दिन थालेका छन्।

Advertisement
Advertisement

शक्तिशाली व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउनेदेखि प्रहरी संगठनभित्र सुधारका संकेत दिने कदमहरूले उनको कार्यशैलीलाई अलग बनाएको छ। मन्त्री सिफारिसको खबर बाहिरिदा धेरैका लागि आश्चर्य बनेका बालेन नेतृत्वको सरकारमा गृहमन्त्रालयको नेतृत्व सम्हालेका सुदन गुरुङको सक्रियताले भने झनै जनताको ध्यान खिचिरहेको छ ।

May be an image of text

सरकार गठन भएयताको ४ दिन भित्रै ५ भीआईपीलाई कानूनी कठघरामा उभ्याएपछि गृहमन्त्री सुदनको अबको कदम के होला भन्ने जनचासो बढेको पाइन्छ । सुदन नेतृत्वको गृहमन्त्रालय अन्र्तगतको नेपाल प्रहरीको सक्रियतासँगै सोमबार मन्त्री सुदनले प्रहरीहरुका लागि दिएको अभिब्यक्तिको समेत अहिले ब्यापक चर्चा र प्रशंसा भइरहेको छ ।

गृहमन्त्री गुरुङले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गरे । सो क्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले प्रहरीको युनिफर्म उत्पादन गर्ने कारखाना नेपालमै खोल्ने घोषणा गरे । उनले भने, ‘नेपालकै ग्रामीण क्षेत्रमा कारखाना स्थापना गरी स्तरीय कपडा उत्पादन गर्नुपर्छ ।’ गुरुङले अर्को महत्त्वपूर्ण विषय उठाउँदै भने, ‘अब आईजीपीलाई मन्त्रालयका सचिवले फुली लगाइदिने होइन, प्रधानमन्त्रीले लगाइदिन्छन् ।’

May be an image of dais and text

उच्च प्रहरी अधिकृतहरूले आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउनुपर्ने विषयमा लबिङ गर्दै आए पनि यसअघि कसैले चासो दिएका थिएनन् । गुरुङले सार्वजनिक मञ्चबाट यस्तो घोषणा गरेपछि नक्सालस्थित प्रहरी प्रधान कार्यालयको अडिटोरियम हलमा तालीको गडगडाहट गुञ्जियो । गृहमन्त्रीको सम्बोधन सकिएपछि आईजीपी दान बहादुर कार्कीले धन्यवाद मन्तव्य सुरु गरे ।

May be an image of dais and text

प्रहरीमा जागिर छाड्ने समस्या बढ्दो रहेको उल्लेख गर्दै उनले भने, ‘यो समस्या तत्काल समाधान गर्न आवश्यक छ ।’ जवानहरूलाई प्रहरी सेवामा टिकाइराख्न २० वर्षे सेवा अवधि घटाएर १६ वर्षमा पेन्सन दिनुपर्ने प्रस्ताव लामो समयदेखि अलपत्र परेको कार्कीले जानकारी दिए ।

May be an image of text

आईजीपी कार्कीले भने, ‘मैले मेरा प्रहरीहरूलाई टिकाउन सकिनँ, यही नै अहिलेको मुख्य समस्या हो ।’ सम्बोधनका क्रममा आईजीपी कार्की भावुक हुँदै रोकिए । हलमा सन्नाटा छायो । त्यसपछि गृहमन्त्री आफ्नो सिटबाट जुरुक्क उठे । सँगै रहेका गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ र सबै प्रहरी अधिकृतहरूलाई उनले उठ्न संकेत गरे ।

May be an image of text

मन्त्री गुरुङले आईजीपीको समर्थनमा ताली बजाए । हलमा उपस्थित सबैले ताली बजाएर आईजीपीलाई समर्थन गरे । गृहमन्त्री गुरुङले प्रहरी प्रधान कार्यालयका सबै विभाग र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गरे । विगतमा तल्लो दर्जाका प्रहरीहरूसँग काम गर्दा भोगेको अभाव, चिउरा र चाउचाउको भरमा ड्युटी गर्नुपर्ने अवस्था सम्झँदै गुरुङले भने, ‘ठूलो जिम्मेवारी पूरा गर्नुपर्ने बाध्यता छ ।’

May be an image of dais and text

प्रहरीले साधन र स्रोतविहीन भएर ड्युटी गर्ने अवस्था बदल्ने उद्घोष मन्त्री गुरुङले गरे । आफ्नो पार्टी रास्वपा र गृह मन्त्रालयबाट प्रहरीलाई हस्तक्षेपमुक्त राख्ने प्रतिबद्धता जनाए । उनले भने, ‘कसैले गलत कामका लागि दबाब दिए मलाई जानकारी गराउनुहोस्, मेरै पार्टीका मानिसले त्यस्तो दबाब दिए पनि छोड्दिनँ ।’

May be an image of one or more people, people studying and text

निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री गुरूङले सीमित स्रोतसाधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त गरेको जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गरेकामा धन्यवाद दिए। उनले आगामी दिनमा निर्धक्क भएर आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिए ।

May be an image of one or more people and textप्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने गृहमन्त्री गुरुङको भनाइ थियो । गृहमन्त्री गुरूङले समाजले प्रहरीलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए। नागरिक र प्रहरीबीचको दूरी घटाउँदै शिष्ट बोली, बचन एवं व्यवहारका साथ नागरिकको समस्यालाई सम्बोधन गरी उत्कृष्ट सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए ।

May be an image of text

आमनागरिकसँगको सम्बन्धलाई थप सुमधुर बनाउँदै प्रहरीले उपलब्ध साधनस्रोतहरू नागरिकको सेवाका लागि उच्चतम् प्रयोग गर्न उनले जोड दिए । विपद् व्यवस्थापनमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर भूमिका निर्वाह गर्नुपर्ने हुँदा प्रहरीलाई थप साधनस्रोतयुक्त बनाउनुका साथै समयानुकूल आवश्यक तालिमहरूको व्यवस्था गरिने गृहमन्त्री गुरूङले उल्लेख गरे।

May be an image of one or more people and text that says 'Nepal NepalTimes imes Nepal a/Timee -NepalTimes Nepal NepalTimes imes NepalT NepalTimes Nepal epalTimes imes Nepa NepalTime es Nepal Times ใลนะวน่ Nepa epalTi NepalTimes Nepal NepalTimesiNept epal Tim epalimes'प्रहरी कर्मचारीहरूको वृत्ति विकास कार्यसम्पादन एवं वैज्ञानिक प्रणालीको आधारमा हुने उल्लेख गर्दै गृहमन्त्री गुरूङले साङ्गठनिक सुदृढीकरणलाई विशेष प्राथमिकतामा राख्दै समयानुकूल प्रविधिमैत्री एवं साधनस्रोत सम्पन्न बनाउन प्रतिबद्ध रहेको बताए।

May be an image of one or more people and textकाठमाडौँ र अन्य ठूला सहरमा हुलदंगा नियन्त्रण गर्न प्रहरीलाई आवश्यक सुरक्षा सामग्रीबिना नपठाउने गुरुङले बताएका छन् । जेनजी प्रदर्शनमा कमजोर तयारीका साथ खटिँदा सुरक्षामा चुक भएको जाँचबुझ आयोगको ठहर छ ।

May be an image of one or more people and text that says '富. EE EN2A NepalTines Nepal Times 品 መ NepalTimes Nepal NepalTimes Times NepalTimes Nepa Times NepalTimes Nepal Times NepalTimes NepalTimesNepalTimes.NepalT NepalTim NepalTimes Nepa ITimes Nepal சி்சயන்து epai NepalTim Tim'

Advertisement

भर्खरको समाचार

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

सम्बन्धित खबरहरु

Scroll to Top