नेपाली सेनालाई झन् शक्तिशाली बनाइँदै

काठमाडौँ । नेपाली सेना मातहत छुट्टै गुप्तचर विभाग बनाउने गरी सरकारले सैनिक ऐन संशोधन विधेयक संसद् सचिवालयमा दर्ता गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका तर्फबाट शुक्रबार संसद सचिवालयमा दर्ता गरिएको विधेयकमा सैनिक गुप्तचरलाई सशक्त बनाउन छुट्टै विभाग गठनसहितको नियमवाली बनाउने प्रस्ताव छ ।

ऐनको दफा १४३ को खण्ड (ढ) मा प्रस्ताव गरिएको नयाँ व्यवस्थाअनुसार इन्टेलिजेन्स (गुप्तचर) सेवा गठन तथा सञ्चालनसम्बन्धी विषय तथा इन्टेलिजेन्स काममा खर्च भएको रकम, रिभल्भिङ फन्ड (सुराकी खर्च) बाट खर्च भएको रकम र भैपरी आउने कामका लागि भएको खच रकम मिनाहसम्बन्धी विषय भन्ने उल्ल्ेख छ ।

Advertisement

यसअघि यस उपदफाको खण्डमा ‘इन्टिेलेजिन्स काममा खर्च भएको रकम, रभल्भिङ फन्डबाट खर्च भएको रकम र भैपरी आउने कामका लागि भएको खर्च रकम मिनाहसम्बन्धी विषयमा’ भन्ने उल्लेख थियो ।

यसमा कुनै पनि गुप्तचर संस्थाको उल्लेख गरिएको थिएन । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top