रञ्जु दर्शनासहित विवेकशीलका ११ कार्यकर्ता पक्राउ

२५ माघ, काठमाडौं ।
विवेकशील नेपाली दलकी रञ्जु दर्शनासहित ११ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रण्मा लिएको छ । शनिबार बालुवाटारस्थित ललितानिवास अगाडि ‘भ्रष्टचारीलाई रेड कार्ड’ अभियान सञ्चालन गर्न पुगेका उनीहरुलाई नियन्त्रणमा लिईएको हो ।

पक्राउ पर्नेहरुमा विवेकशीलका दर्शनासहित संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शिशिर राई, मनिष खनाल, प्रदीप ज्ञवाली, साधना थुलुङ राई र रजीया बानु रहेको जनाईएको छ ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वालुवाटारको जग्गा प्रकरणमा संलग्न रहेकाहरुलाई मुद्दा लगाउने तथा नलगाउने निर्णयमा पक्षधरता देखाएकोले अदुअआको ध्यानाकर्षण गराउन बालुवाटार पुगेका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको दलकी उपाध्यक्ष अजीता राईले बताइन् ।

एक प्रेस विज्ञप्ती जारी गर्दै उपाध्यक्ष राईले पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्न माग समेत गरेकी छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top