काठमाडौ, चैत ५
प्रतिनिधीसभा नियमावली मस्यौदा समितिले एकमहिनाभित्र नियमावली पारित गर्ने भएको छ । सिंहदरबार स्थित राज्यव्यवस्था समितिको बैठककक्षमा सोमबार बसेको नियमावली मस्यौदा समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
समितिका ज्येष्ठ सदस्य विमलप्रसाद श्रीवास्तवको अध्यक्षतामा बसेको बैठकले आगामी ८ गते समितिको सभापति चयन गर्ने निर्णय गरेको सांसद दिलेन्द्रप्रसाद बडुले बताए ।
गत फागुन २२ गते बसेको प्रतिनिधीसभा बैठकले नियमावली मस्यौदा समितिको गठन गर्दै समितिलाई कार्य प्रारम्भ भएको मितिले १ महिनाभित्र नियमावली पारित गर्ने समय दिईएको थियो । नियमावली नबनेसम्म संसदीय समितिहरुको गठन हुन नसक्ने ब्यवस्था छ ।