×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

आईजीपी र सचिव नियुक्त गर्न साढे ३ बजे मन्त्रिपरिषद बैठक बस्दै

२८ माघ, काठमाडौं ।
नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न मंगलबार अपरान्ह मन्त्रिपरिषद बैठक बस्दैछ । सोमबारको मन्त्रिपरिषद बैठकले महानिरीक्षक नियुक्त गर्न नसकेपछि मंगलबार अपरान्ह पुनः बैठक बस्न लागेको हो । अपरान्ह साढे ३ बजे बस्ने क्याबिनेटले प्रहरी महानिरीक्षक नियुक्त गर्ने तयारी छ ।

आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र १८ डीआईजीले अवकाश पाउँदैछन् । उनीहरुको विदाइका लागि अपरान्ह ४ बजे प्रहरी प्रधान कार्यालयले औपचारिक समारोह राखेको छ ।

Advertisement
Advertisement

आईजीपी खनालकै ब्याचको वैकल्पिक टोलीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल प्रहरीको नेतृत्व गर्ने दौडमा छन् । दुईमध्ये आइजीपीमा जो नियुक्त भए पनि ३ महिनाका लागि प्रहरीको नेतृत्व सम्हाल्ने छन् ।

हालका आईजीपी खनालसहित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले सेवाहदका कारण अवकाश पाउँदैछन् । प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पिताम्बर अधिकारी, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकाश श्रेष्ठ, पूर्णचन्द्र जोशी र र हरिभक्त प्रजापतिले पनि अनिवार्य अवकाश पाउनेछन् ।

त्यस्तै बैठकले गृहसचिव प्रेमकुमार राईसहित रामकुमार आचार्य, राजन खनाल र अनिल ठाकुरले अवकाश पाएपछि रिक्त रहेका चार सचिव पदमा पनि बढुवा गर्दैछ । अवकाश प्राप्त सचिव गजेन्द्र ठाकुरका ठाउँमा दिनेश भट्टराई वरिष्ठताका आधारमा सचिव बढुवा भइसकेका छन् । सचिव बन्ने प्रतिस्पर्धामा एकनारायण अर्याल, रामशरण पुडासैनी र टेकनारायण पाण्डे मुख्य दाबेदार हुन् ।

Advertisement

त्यस्तै, सह–सचिव अर्जुन पोखरेल, डा. मधु मरासिनी, लक्ष्मी बस्नेत, मानवहादुर जिसी, कृष्णबहादुर राउत, अर्जुन पोखरेल, मानवहादुर जिसी लगायत पनि सचिव बन्ने दौडमा छन् ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top