×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(आईजीपीमा ज्ञवाली)
नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई बढुवा गर्ने मन्त्रिपरिषद् बैठककोनिर्णय /हालका आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाटै ३० वर्षे सेवा अवधिका कारण अवकास पाएपछि उनको स्थानमा ज्ञवालीलाई बढुवा ।

Advertisement
Advertisement

२.(नयाँ आईजीपीको प्रतिबद्धता)
प्रदेश १ को डिआईजी हुदै नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा हुनु भएका ठाकुर ज्ञवाली आजै विराटनगरबाट काठमाडौं पुगे /प्रहरी संगठनको साख सधैं उच्च राख्ने नवनियुक्त आईजीपी ज्ञवालीको प्रतिबद्धता ।

३.(कांग्रेसको विवेक)
लगातार दुई पटक संसद बैठक अबरुद्ध गर्दे आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अबरोध नगर्ने /अख्तियारको निर्णयको राजनीतिक र कानूनी रुपमा सामना गर्ने निर्णय ।

४.(तपाई किन नभनेको ?)
नेपाली सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति प्रधानमन्त्री केपीशर्मा ओलीको असन्तुष्टि /सञ्चार माध्यमहरुले अंग्रेजीको सिको गरेर कसैलाई हजुर भन्दा आफु अपमानित भएको ठान्ने गरेको उल्लेख ।

५.(जायज कुरा)
काठमाडौंमा क्रान्तिकारी बहस गरेर व्यावहारिक रुपमा महिला सशक्तिकरण नहुने सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भनाई /काठमाडौंमा गरिने बहसले छाउपडी र बोक्सी प्रथा अन्त्य नहुने भन्दै सम्बन्धित क्षेत्रमा गएर बहस चलाउन आग्रह ।

६.(लगानी वालुवामा पानी)
मकवानपुर दामनको एभरेष्ट पानारोमा रिसोर्ट तीन महिनाका लागि बन्द /आठ जना भारतीय पर्यटकको ज्यान जाने गरी भएको घटनापछि उक्त रिसोर्ट आवश्यक कानुनी प्रक्रिया पूरा गराएर मात्रसञ्चालन गर्न दिने पर्यटन मन्त्रालयको निर्णय।

७.(कत्रो हिम्मत ?)
स्वस्थानी व्रत कथाका पानाहरू च्यात्नुपर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद योशोदा गुरुङ सुवेदीको भनाई /छाउपडी जस्तो संस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रत कथा र ऋषिपञ्चमी व्रत कथाका पानाहरू च्यात्न माग ।

८.(जनताका आवाज)
प्रतिनिधीसभाको बैठकमा सांसदहरुद्वारा समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण /कोरोना भाईरसका कारण संसार आक्रान्त भईरहेका बेला चीनमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याई सुरक्षित बनाउन माग ।

९.(कांग्रेसको चेतावनी)
संविधान लोकतन्त्रलाई कमजोर बनाउने काम कहीँ कतैबाट भए प्रतिकारमा उत्रने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चेतावनी /अख्तियारले राजनीतिक पुर्वाग्रहमा परेर गच्छदारमाथि भेदभावपुर्ण ढंगबाट विशेष अदालतमा आरोप पत्र दायर गरेको दाबी ।

१०.(मानवता हराएको हो ?)
सरकारले चीनमा रहेका नेपाली विद्यार्थीहरुलाई उद्दार गर्न नेपाल एयरलाइन्सको वाइड बडी जहाज पठाउने तयारी गरे पनिपाइलट भने चीन उड्न तयार भएनन् / प्रस्तावित पाइलट र एयरहोस्टेजद्वारा चीन जान अस्वीकार ।

११.(एमसीसीको रडाको)
एमसीसीबारे अध्ययन गर्न गठित नेकपाको विशेष कार्यदललाई अध्ययनका लागि दिइएको १० दिनको म्याद भोलि सकिँदै/प्रतिवेदन तयार पार्न नसकेपछि म्याद थपको आग्रह /एमसीसी कार्यान्वयनमा ल्याउन नहुने भन्दै देशभक्त गणतान्त्रिक मोर्चाको माग ।

१२.(विकल्प खोज)
तराई मधेस फास्ट ट्रयाक लगायतका विकासे आयोजनाले आफूहरुको बस्ती विस्थापित हुने भन्दै ललितपुरको खोकनाका बासिन्दाद्वारा काठमाडौँमा प्रदर्शन/विकासका नाममा स्थानीयको जग्गा र सांस्कृतिक संरचना मास्न लागेको भन्दै विरोध ।

१३.(स्मार्ट प्रविधी)
विद्युतिय माध्यमबाट भुक्तानी गर्दा उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम बैंक खातामा फिर्ता गर्ने व्यवस्था कार्यान्वयनमा/कर प्रणालीको विकासले राजरुव चुहावट कम हुने र अनाधिकृत आर्थिक गतिविधिलाई नियन्त्रण गर्ने विश्वास ।

१४.(आर्मीलाई अग्रता)
ब्रिगेड ब्वाइजलाई ३–० ले हराउँदै त्रिभुवन आर्मीसहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लियो/ न्यूरोड टिम (एनआरटी)माथि १–० को जित हासिल गर्दै थ्री स्टार तेस्रो स्थानमा ।

Advertisement

र,
१५.(अनियन्त्रित कोरोना)
चीनमा नोबेल कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार कटेपछि भाइरसलाई नियन्त्रण गर्न उचित पहल कदमी नगरिएको भन्दै दुई वरिष्ठ अधिकारी बर्खास्त /भाइरसबाट ४२ हजारभन्दा बढी संक्रमित ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top