×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

त्रिकोणात्मक सिरिज ओमानले जित्यो

२८ माघ २०७६

२८ माघ,काठमाडौँ ।

आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत ओमान अपराजित रहँदै लिगको शीर्ष स्थानमा उक्लेको छ । ओमानले यहाँ जारी सिरजिको अन्तिम खेलमा अमेरिकालाई ९२ रनले हरायो । ओमान चारवटै खेलमा विजयी हुँदै आइसीसी विश्वकप क्रिकेट लिग दुईको शीर्ष स्थानमा कायमै रहेको छ । ओमान हालसम्म खेलेको १० खेलमध्ये आठमा जित तथा दुईमा हार ब्यहोर्दै १६ अङ्कका साथ शीर्ष स्थानमा कायम रहेको छ ।

Advertisement
Advertisement

अमेरिका लिग दुईको दोस्रो स्थानमा छ । अमेरिकाले हालसम्म खेलेको ११ खेलमध्ये छ मा जित तथा पाँचमा हार खाँदै १२ अङ्क बटुलेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले आज टस जितेर फिल्डङ रोजेपछि ओमानले शुरुआतमा ब्याटिङ गर्न पुगेको हो । ओमानले अमेरिकासामु जितका लागि २७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ओमानले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर २७६ रन बनायो । २७७ रनको विजय लक्ष्य पछ्याउने क्रममा अमेरिकाले ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १८४ रन बनायो ।

ओमानका लागि अकिब इलियासले लगातार दोस्रो शतक प्रहार गरे । नेपालसितको खेलमा सोमबार अविजित १०९ रन बनाएका उनले अमेरिकासितको आजको खेलमा पनि १०५ रन बनाए । अकिबससँगै ब्याटिङमा आएका कप्तान जेशन मक्सुदले पनि शतक प्रहार गरे । अकिबले १२३ बल खेल्दै एक छक्का र ११ चौका प्रहार गरे । यस्तै मक्सुदले १०९ रन बनाए । उनले १०९ बल खलेर चार छक्का र १० चौका हाने । दुवै जनाले २१६ रनको कीर्तिमानी साझेदारी निभाए ।

अकिब र मक्सुदको उत्कृष्ट ब्याटिङका कारण ओमानले सम्मानजनक स्कोर खडा मात्र गरेन खेल आफ्नो पक्षमा पार्यो । अन्य खेलमा जस्तै ओमानले सस्तैमा प्रारम्भिक ब्याटस्म्यान गुमाएको थियो । जतिन्दर सिंह नौ तथा खवर अलीले १० रन मात्र बनाए । ओमानले ३१ रनको स्कोर छँदा दुई विकेट गुमाएको थियो । तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्न आएका अकिब र मक्सुदले नै ओमानको पारी सम्हालेका थिए । यस्तै सन्दिप गौडले अविजित १३ रन बनाए ।

बलिङतर्फ अमेरिकाका कप्तान सौरभ नेत्रवाल्कर र रुस्टी थेरनले तीन तीन विकेट लिए । सौरभले १० ओभर बलिङ गर्दै तीन मेडन राखी ३७ रन खर्चिएका थिए । रुस्टीले १० ओभरमा ६० रन दिए । अन्य बलरले भने विकेट लिन सकेनन् ।

जवाफी ब्याटिङ गर्ने क्रममा अमेरिकाले खराब शुरुआत गर्यो । अमेरिकाले तीन रनको स्कोर छँदा दुई विकेट गुमाएको थियो । मोनांक पटेल र स्टेभन टेलर रन नै नबनाइकन पभेलियन फर्के । अमेरिकाले ३९ रन बनाउँदा आफ्ना प्रारम्भिक ब्याटस्म्यान जेभियर मार्शललाई गुमायो । उनले ३९ बल खेल्दै एक छक्का र दुई चौकाका साथ २३ रन बनाए । टिमको स्कोर ७९ रन छँदा अमेरिकाले पाँच विकेट गुमाइसकेको थियो ।

भरपर्दा ब्याटस्म्यान इयान होल्याण्ड ३२ बल खेल्दै २८ तथा अक्षय होमराज व्यक्तिगत सात रनमा पभेलियन फर्के । अमेरिकाको पारीलाई आरोन जोन्स र निसर्ग पटेलले उकास्ने प्रयास गरे । आरोनले अविजित ४७ रनको योगदान दिए । उनी खेलेको अन्तिम समयसम्म संघर्षरत रहे । यस क्रममा उनले ७९ बल खेल्दै तीन चौका प्रहार गरे ।

यस्तै निसर्गले अर्धशतकीय पारी खेले । उनले ३६ बल खेल्दै चार छक्का र चार चौकाको मद्दतमा ५२ रन बनाए । टिमको स्कोर १४९ छँदा निसर्ग पभेलियन फर्के । यससँगै अमेरिकाको लगातार विकेट पतन भयो । रुस्टी थेरनले ११ रन बनाउनुबाहेक अन्यले उल्लेख ब्याटिङ गर्न सकेनन् । बलिङतर्फ ओमानका लागि बिलाल खान र अकिब इलियासले तीन तीन, जिशन मक्सुदले दुई तथा मोहमद नदिमले एक विकेट लिए । बिलालले छ दशमलव एक ओभरमा २४ रन खर्चिए । अकिबले किफायती ब्यलिङ गरे । उनले पाँच ओभर बलिङगर्दै एक मेडन राखी मात्र १४ रन दिए । अकिब नै प्लेयर अफ दी म्याच घोषित भए ।

ओमान जारी सिरिजमा अपराजित रह्यो । उसले पहिलो खेलमा नेपाललाई १८ रनले हराएको थियो । दोस्रो खेलमा अमेरिकालाई छ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा नेपाललाई आठ विकेटले हराउन पुगेको थियो । आज सम्पन्न चौथो खेलमा अमेरिकालाई ९२ रनले हराएसँगै ओमानले नेपालमा जारी लिगमा शत प्रतिशत नजिता आफ्नो पक्षमा पार्न सफल भएको छ ।

Advertisement

अब नेपाल र अमेरिकाबीच सिरिजको अन्तिम खेल बुधबार बिहान साढे नौ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपाल हालसम्म खेलको तीन खेलमध्ये दुईमा हार तथा एकमा जितका साथ दुई अङ्क बटुलेर लिगको छैटौँ स्थानमा छ । नेपालले पहिलो खेलमा अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top