×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

प्रतिनिधिसभा बैठक :सांसद्ले उठाए कोरोनादेखि छुवाछुत सम्मका विषय

२९ माघ, काठमाडौँ ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । चीनबाट संक्रमण सुरु भएका कारोना भाइरसका नेपालको पर्यटन क्षेत्रमा पर्ने प्रभाव, ललिता निवास प्रकरणमा अख्तियारको निर्णय र छुवाछुत लगायतका विषयहरु बैठकमा उठेका छन् ।

सांसद विद्या भट्टाराईले वविश्वमा कारोनाको जोखिम बढेको सन्दर्भमा विमानस्थलमा राखिएको स्क्यानिङन मेसिनबाट हुने चेकजाँचलाई प्रभावकारी बनाउनुपर्ने बताइन् । भ्रमण वर्ष २०२० लाई सफल पार्न र विश्वभरी नै नेपालमा कोरोनाको जोखिम छैन् भन्ने सन्देश दिन विमानस्थलमा हुने चेकजाँचर्लाइ कडाई गर्नुपर्ने उनले बताइन् । चीनको वुहानमा रहेका विद्यार्थीहरुलाई स्वदेश फर्काउने सरकारले तयारी गरिरहेको र सबैले यो विषयमा सबैले सरकारलाई आग्रह गरे ।

Advertisement
Advertisement

सांसद विना कुमारी श्रेष्ठले नेपालको श्रम बजार औपचारिक भन्दा अनौपचारिक रुपम बृद्धि भएको तर्फ सरकारको ध्यानाकर्षण गराएकी छिन् । श्रम ऐन जारी भएको लामो समय भएपनि संगठित नरहेका श्रमिकहरुले राम्रो सेवा सुविधा पाउन नसकेको उनले बताए । असंगठित क्षेत्रमा रहेको घरेलु श्रम नराम्रो सँग अगाडी बढीरहेको उल्लेख गर्दै उनले घरेलु श्रमलाई स्थानीय सरकार अन्तर्गत दर्ता गरी व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद विनादेवि बुढाथोकीले सरकारले जनताको आधारभूत स्वास्थ्य अधिकार सुरक्षित गरेको भएपनि अझै देशका धेरे अस्पतालमा निःशुल्क भनेर तोकिएका औषधिहरु उपलब्ध हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद विन्दा पाण्डेले ललिता निवास प्रकरणमा मुद्दा विशेष अदालतमा गएको र अदालतबाट दोषि कोही नछुट्ने र निर्दोष कोही नफस्ने गरी निर्णय हुनेमा आफु ढुक्क रहेको बताइन् । उनले यति होल्डिङ्सको बारेमा सरकारले गरेका निर्णयहरुको आलोचना भइरहेका बेला सरकारले स्वेतपत्र जारी गरी जानकारी गराउनुपर्ने माग गरिन् ।

सांसद विमला विश्वकर्माले काभ्रेका अजित मिजारको परिवारले ४ वर्ष सम्म पनि न्याय पाउन नसकेको बताइन् । लास ४ वर्षदेखि टिचिङमा रहेको उल्लेख गर्दै उनले यो कुनै द्वन्दकालिन मुद्धा नभएर अन्तरजातिय विवाह गरेका कारण हत्या भएको र घटनाको विषयमा चित्तबुझ्दो अनुसन्धान गर्नुको साटो उल्टै १० लाख दिन खोजिएको बताइन् ।

सांसद विशाल भट्टराईले सर्वाधिक चासोको विषयका रुपमा रहेको ललिता निवास प्रकरणका दोषिहरुलाई कारवाहीको माग गरे । उनले देशभरीको सरकारी जग्गाका विषयमा छानबिन गर्न उच्चस्तरिय समिति बनाएर काम अगाडी बढाउन आग्रह गरे ।

सांसद विष्णु शर्माले छाउगोठ भत्काउने अभियान सरकारले सुरु गर्नु सराहनिय भएपनि गोठ भत्काउँदैमा कुरीति नहट्ने भएकाले जनचेतनामुलक अभियान सुरु गर्न आग्रह गरे ।

सांसद शशी श्रेष्ठले महिला माथि भएका कुसंस्कृति र कुसंस्कार विरुद्ध केही काम भएपछि राष्ट्रिय महिला आयोग जस्ता संवैधानिक आयोग गठन भएको साढे ४ वर्ष वित्दा पनि पदाधिकारी विहिन हुनु ारम्रो नभएको बताइन् । राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग लगायत अन्य धेरे संवैधानिक निकायहरुले अझै पूर्णय पाउन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै श्रेष्ठले सबै आयोगहरुमा पदाधिकारी नियुक्ति गरी सरकारी कामकारवाही प्रभावकारी बनाउन माग गरिन् ।

सांसद शान्ता चौधरीले सिंहदरबार प्रवेश गर्न लामो समय कुरेर पास पाइने गरेको बताउँदै निश्चित समय छुट्याएर राष्ट्रिय परिचयपत्रको आधारमा प्रवेशको व्यवस्था गर्नुपर्ने बताइन् । आफ्नो राष्ट्रिय परिचय पत्र देखाएर दिनको २ घण्टा भएपनि भित्र प्रवेश गर्ने व्यवस्था गरी जनतालाई सिंहदरबार हाम्रो पनि हो भन्ने आभास दिलाउनुपर्ने बताइन् ।

सांसद शेर बहादुर तामाङले सिन्धुपाल्चोकको जुगलमा कोरोना फैलियो भन्ने भ्रम सिर्जना फैलाइएको बताए । त्यहाँ फैलिएको प्रकोपका विषयमा सत्यतथ्य बाहिर ल्याउन उनले सरकारको ध्यानाकर्षण गराए । सिन्धुपाल्चोक लगायत नेपाल नै कारोना मुक्त भएको उल्लेख गर्दै तामाङले भ्रमपूर्ण समाचार लेख्ने कुरामा सजगता अपनाउन आग्रह गरे ।

सांसद सरला कुमारी यादवले उपत्यकाको सवारी जामले उपत्यकावासीको दैनिकी नै प्रभावित गरेको बताइन् । सांसद हिरा गुरुङले ‘सार्वजनिक रुपमा ५ हजार मान्छे मैले मारेको छु’ भन्ने व्यक्तिलाई अहिलेसम्म किन कारवाही नभएको भन्दै प्रश्न गरिन् ।

Advertisement

ठूलालाई चैन र सानालाई ऐन भन्ने कुन कानूनमा छ भन्दै उनले सरकारलाई प्रश्न ग¥यो । माघ १ गते नेकपा अध्यक्ष दाहालले टुंडिखेलमा भएको एक कार्यक्रममा जनयुद्धका क्रममा ज्यान गुमाएका ५ हजारको जिम्मा आफुले लिने तर बाँकी १२ हजारको जिम्मा सरकारले लिनुपर्ने बताएका थिए ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top