×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(ललिताको लहरो)
ललितानिवास जग्गा प्रकरणमा तत्कालीन विभागका महानिर्देशकसहित ७ जनालाई १५ दिने म्याद जारी / महानिर्देशकसहित तत्कालीन डिल्लिबजार मालपोतका ७ कर्मचारीलाई विशेष अदालतद्वारा म्याद जारी गरिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेको भनाई ।

Advertisement
Advertisement

२.(निर्णायक बन्दै न्यायालय)
ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई समेत मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर / जग्गा हिनामिनामा मन्त्रीपरिषद्का प्रधानमन्त्रीहरुलाई छुट दिएको भन्दै चौतर्फी आलोचना ।

३.(कोरानासँग नदाजौं)
सिन्धुपाल्चोकमा केही दिनयता फैलिएको सरुवा रोग कोरोना भाइरस नभएको स्वास्थ्य मन्त्रालयको भनाई /जुगल गाउँपालिकामा कोरोनासँग लक्षण मिल्ने जस्तो रुघाखोकीले २ सय भन्दा बढी गाउँले बिरामी ।

४.(आईपीपीका प्रतिबद्धता)
नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीद्वारा दज्र्यानी चिन्ह ग्रहण /प्रहरीका हरेक जिम्मेवारी पारदर्शी र जवाफदेही रहने/ कुनै प्रकारको आक्र्रमण्यता, गैह्र व्यवसायीक आचरणलाई पूर्णतः निर्मुल गर्ने प्रतिवद्धता ।

५.(जनप्रतिनिधीको विवेक)
प्रदेश १ सभामा प्रदेशका विभिन्न ठाउँमा भएका विस्फोट र आगजनीदेखि प्राकृतिक रुपमा भएका विध्वंशको बारेमा सांंसदहरुको प्रश्न / गाँजा खेतीमा सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न उदयपुरका सांसद विमल कार्कीेको माग ।

६.(पुस्तकमा पनि कर)
सरकारले पुस्तक आयातमा भन्सार लगाउने घोषणा गरेको भन्दै काठमाडौंको त्रिचन्द्र क्याम्पसका विद्यार्थीको विरोध / पुस्तक आयातमा १० प्रतिशत भन्सार लगाउने सरकारको निर्णयविरूद्ध विद्यार्थीद्वारा प्रदर्शन ।

७.(आरोपको सत्यता आओस्)
सीमा क्षेत्रका व्यापारीहरुलाई प्रहरीले दुःख दिने गरेको राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णको भनाई /कर तिरेर ल्याएको सामान लिएर जादापनि सीमाबाट बरामद गरेको भन्दै मुचुल्का बनाउने गरेको आरोप ।

८.(सरकारको ध्यान पुगोस्)
प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण / कारोनाका कारण नेपालको पर्यटन क्षेत्रमा पर्ने प्रभाव,अख्तियारको पछिल्लो निर्णय र छुवाछुत लगायतका विषयहरुमा ध्यानाकर्षण ।

९.(जनताको माग)
सिंहदरबार प्रवेश गर्न निश्चित समय छुट्याएर राष्ट्रिय परिचयपत्रको आधारमा प्रवेशको व्यवस्था गर्न सांसद शान्ता चौधरीको जोड / राष्ट्रिय परिचय पत्र देखाएर दिनको २ घण्टा भएपनि भित्र प्रवेश गर्ने व्यवस्था गर्न माग ।

१०.(अधिकारकर्मीबाट आश)
छाउगोठ भत्काइएका कर्णाली र सुदूरपश्चिम प्रदेशका महिलाको अवस्थाका विषयमा बुझ्न नेकपाका सांसद गोपालबहादुर बमको आग्रह /ठूला होटलमा कार्यक्रम गर्ने अभियानकर्मीहरुलाई त्यहाँको वास्तविकता बुझ्न आग्रह ।

११.(कोरोनाका लागि)
चीनमा रहेका नेपाली विद्यार्थी ल्याउन जाने जहाजका चालक दलका १६ सदस्यलाई स्वास्थ्य मन्त्रालयले तालिम दिदै /१ सय ८० जना नेपाली विद्यार्थीलाई लिन फागुन ३ गते जाने जहाजमा दुई चिकित्सक, दुई नर्स र एक पारामेडिक्स रहने ।

१२.(विश्वविद्यालयको पाठ्यक्रम)
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि विकास गरिएको सोच अनुसारको विधेयक आउन नसकेको सांसदहरुको गुनासो /विश्वविद्यालयको फोकस साइन्स र टेक्नोलोजि भएपनि अन्य विषयपनि समेटिएको शिक्षामन्त्रीको भनाई ।

१३.(बजेट खर्चको अनुमान)
चालु आर्थिक वर्षको बजेटको आकार घटाइएको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई / आर्थिक वर्षको अन्त्य सम्ममा कुल बजेटको ९० दशमलव ४ प्रतिशत बजेट खर्च हुने अनुमान अनुसार बजेटको आकार घटाइएको उल्लेख ।

१४.(किर्तिमानी जित)
आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिजमा अमेरिकासंग ८ विकेटले नेपालको किर्तिमानी जित/ कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान सम्पन्न अन्तिम खेलमा अमेरिकाले प्रस्तुत गरेको ३६ रनको लक्ष्य नेपालले ५ ओभरमै पूरा गर्यो ।

Advertisement

र,
१५.(कोरियनमा कोरोना)
चीनबाट उद्दार गरी दक्षिण कोरिया लगिएका १४७ जना मध्ये ६ जनामा कोरोना भाइरसको लक्षण देखियो/ कोरियामा दुई दर्जनभन्दा बढीमा भाइरसको संक्रमण /चीनमा भने भाइरसका कारण मृत्यु हुनेको संख्या ११ सय पुग्यो /४४ हजार संक्रमित ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top