शिक्षाको गुणस्तर अभिबृद्धि गर्न सबै पक्ष जिम्मेबार हुनुपने

४ चैत ७४, सोमबार

विराटनगर, चैत ५
सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर अभिबृद्धि गर्न सबै पक्ष जिम्मेबार हुनुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।

प्रदेश सांसद केदार कार्कीले सरोकारवाला निकायसँग सोमबार विराटनगरमा आयोजना गरेको सामुदायिक विद्यालयको शिक्षा सुधार बिषयक छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले सबै पक्ष जिम्मेबार भएमात्र सामुदायिक विद्यालयको शिक्षा गुणस्तरमा सुधार हुनसक्नेमा जोड दिएका थिए ।

आधारभुत विद्यालय दरैयाकी शिक्षिका इन्दीरा काफ्लेले विपन्न परिवारकाले मात्र नभई सम्पन्न परिवारका ब्यक्ति र शिक्षकहरु स्वयंले समेत आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढ्नुपर्ने वातावरणको सृजना गर्नुपर्ने माग गरिनन् ।

सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षाको नारा लगाउने ब्यक्तिहरुले नै आफ्ना छोरीछोरी निजि विद्यालयमा पढाउने गरेको बताउदै उनले सरकारी कर्मचारीका छोराछोरीलाई समेत सामुदायिक विद्यालयमा पढाउनुपर्ने बाध्यात्मक व्यवस्थागर्न माग गरिन् ।

अरुणोदय आधारभुत विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र खडकाले विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको गैर जिम्मेबारीपनले सामूदायिक विद्यालयको शिक्षाको स्तर खस्कदै गएको बताए ।

शिक्षकहरुको कार्यसम्पादनको आधारमा पुरस्कार र दण्डको ब्यवस्था गर्नुपर्ने उनको भनाई थियो । कार्यक्रमका अन्य सहभागिले विद्यालयको भौतिक संरचनामा सुधार गर्नुपर्ने,बिषयगत शिक्षकको दरबन्दी कायम गर्नुपर्ने,बाल कक्षाबाटै अंग्रेजीको माध्यमबाट पठनपाठन शुरु गर्नुपर्ने लगायतका सुझाव दिएका थिए । कार्यक्रममा प्रदेश सांसद केदार कार्की,विराटनगर महानगरप्रमुख भीम पराजुली,उपप्रमुख इन्दिरा कार्की लगायतको उपस्थिति थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top