Nepal Times
Nepal Times
3
Shares

एसईई परीक्षामा सुनसरीबाट १२ हजार ६ सय विद्यार्थी सहभागी हुने

एसईई परीक्षामा सुनसरीबाट १२ हजार ६ सय विद्यार्थी सहभागी हुने

सुनसरी, चैत ५
चैत्र ८ गतेबाट सञ्चालन हुने एसईई परीक्षामा सुनसरीबाट १२ हजार ५ सय ९३ जना विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षाकालागि सुनसरीमा ४७ वटा परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षामा सुनसरीका ९७ सामूदायिक विद्यालय सहित १ सय ६४ संस्थागत र ५ वटा प्राविधिक विद्यालयका विद्यार्थी सामेल हुने जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ ।

परीक्षार्थी मध्य नियमित तर्फ ११ हजार ८ सय १४ जना, एक्जामटेड ५ सय ९९ जना र प्राविधिक तर्फका १ सय ८० जना विद्यार्थी एसइइमा सहभागी हुने जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले जानकारी दिए ।

परीक्षा अवधिभरको सुरक्षाकालागि सुनसरीमा एक हजारको संख्यामा सुरक्षाकर्मी परिचालित हुने जिल्ला शिक्षा अधिकारी सुवेदीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.