विराटनगर, चैत ५
शक्तिपीठ दर्शनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह विराटनगर आउने भएका छनन् । पूर्वराजा शाह आगामी आइतबार रामनवमीको अवसर पारी विराटनगर आउने पक्का भएको नेपाल विद्यत् परिषदका अध्यक्ष बल्लभ दाहालले जानकारी दिए ।
विराटनगरमा सोमबार पत्रकार सम्मलेन गर्दै पूर्वराजा शाह विराटनगरको कालीमन्दिर तथा रामजानकी मन्दिरमा दर्शनका लागि आउन लागेको अध्यक्ष दाहालले बताए ।
उनले पूर्वराजाको स्वागतका लागि २ सय २७ सदस्यसहितको समिति समेत गठन भइसकेको जानकारी दिए । समिति संयोजक समेत रहेका दाहालका अनुसार पूर्वराजा शाह झापाको दमकबाट विराटचौक हुदै विराटनगर आउनेछन् ।
दिउँसो करिब २ बजे पूर्वराजा शाह विराटनगरकोे मेनरोडस्थित कालीमन्दिर र ठाकुरबाडी रोडमा रहेको रामजानकी मन्दिरमा दर्शनका लागि पुग्ने कार्यक्रम रहेको छ ।
सो क्रममा कालीमन्दिरदेखि रामजानकी मन्दिरसम्म उनले पैदल यात्रा गर्ने बताइएको छ । सोही दिनसाँझ उनी झापा फर्कने समिति संयोजक दाहालले बताए । पूर्वराजा शाह तीनवर्षअघि मोरङको कटहरीस्थित एक कार्यक्रममा सरिक भएका थिए ।