Nepal Times
Nepal Times
3
Shares

महिला मानवअधिकार रक्षकहरुद्वारा पारित घोषणापत्र मुख्यमन्त्री राईलाई  हस्तान्तरण

महिला मानवअधिकार रक्षकहरुद्वारा पारित घोषणापत्र मुख्यमन्त्री राईलाई  हस्तान्तरण
विराटनगर, चैत ५
प्रदेश नम्बर १ का जनप्रतिनिधि महिला तथा महिला मानवअधिकार रक्षकहरुद्वारा पारित विराटनगर घोषणापत्र आज प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई  हस्तान्तरण गरिएको  छ ।
महिला मञ्चका संयोजक मञ्जीता उपाध्यायले १२ बुँदे घोषणापत्र मुख्यमन्त्री राईलाई हस्तान्तरण  गरिनन् । उनले राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि महिलाको समानुपातिक, समावेशी, संलग्नता सहितको निर्णायक नेतृत्व अभ्यासका लागि विशेष योजना कार्यक्रम निर्माण र कार्यान्वयन गर्न मुख्य मन्त्री राईको ध्यानाकर्षण गराईनन् ।
घोषणापत्र बुझ्दै मुख्यमन्त्री राईले कानुन बनाएर महिलाका हक अधिकार थप सुनिश्चित गर्न आफूले प्रभावकारी भूमिका निर्बाहा गर्ने प्रतिवद्धता जननाए ।
बिराटनगरमा चैत्र २ गते सम्पन्न प्रदेश नम्वर १ को प्रदेशस्तरीय  महिलामञ्चमा उपस्थित  ६ सय भन्दा बढीको संख्यामा सहभागी रहेका स्थानीयतहका महिला जनप्रतिनिधिहरु, महिला मानवअधिकारकर्मी र नागरिक समाजका अगुुवाहरुको पहलमा १२ बूँदे घोषणापत्र जारी भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.