२९ माघ, काठमाडौं ।
ज्वरो र रुघाखोकी देखिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका – ३ गुम्बा गाउँका वासिन्दामा कोरोना भाइरस संक्रमणको परीक्षण हुने भएको छ ।
स्वास्थ्यकर्मीले बिरामीको घाँटीर्को यालको नमुना ल्याउने र काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरस संक्रमणको परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
धेरै मानिसमा एकै समयमा रुघाखोकी र ज्वरो आएपछि स्वास्थ्यजाँचका लागि स्वास्थ्यकर्मी पठाइएको छ । स्वास्थ्यकर्मीले बिरामीको घाँटीर्को यालको नमुना लिई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएका छन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने ‘आज हामीले गुनासो सुनेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका केही विज्ञहरुलाई नमुना परीक्षणका लागि पठाएका छौं । नमुना परीक्षणपछि कोरोना हो वा होइन भन्ने कुरा यकीन हुन्छ ।’
अहिलेसम्मको लक्षण हेर्दा कोरोना भाइरस संक्रमण भन्न नमिल्ने श्रेष्ठले बताए । स्वास्थ्य मन्त्रालयले प्रभावित बिरामी चीन गएका वा चीनबाट आएका मान्छेसँग सम्पर्क नै नभएको पाइएको बताएको छ ।
त्यस क्षेत्रमा माघ २३ गतेदेखि फाटफुट रुपमा रुघाखोकीको बिरामी देखिएको र २७ गतेदेखि बिरामीको संख्या बढेको मन्त्रालयले जारी गरेको सूचनामा जनाइएको छ ।