विराटनगर, चैत ६
अनलाइन मार्फत नेपालको पर्यटन प्रवद्र्धनमा क्रियाशिल यात्रियो डट कमले विराटनगरलगायत नेपालको पूर्वी क्षेत्रमासमेत आफ्नो सेवा विस्तार गरेको छ ।
काठमाण्डौं स्थित नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको उक्त अनलाईन प्रोटलले विराटनगरमासमेत शाखा बिस्तार गरेर पूर्वका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरि आन्तरिक तथा बाह्य पर्यटकलाई ति स्थलहरुमा पुर्याउने भएको हो ।
करिवडेढ वर्ष अघि स्थापना भएको यात्रियो डटकमले पर्यटकलाई नेपालका सवै होटलहरु, टुर प्याकेज हरु तथा अन्तरिक तथा बाहय हवाई टिकेटहरु समेत अनालाइन मार्फत, घरैमा बसी बसी बुक गर्न सकिने ब्यबस्ता गरेको छ ।
सो संस्थाले नेपालका पर्यटकीय स्थलहरु घुम्न चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई सम्पुर्ण सुविधा उपलब्ध गराउने गरेको कार्यकारी निर्देशक मिन्नत सिद्धिकीले जानकारी दिए ।
यात्रियो डटकमले हालै दोलखाको कालिङचोक स्थित कालिन्चोक भगवतीमन्दीर, मुगुको रारा ताल, कास्कीको पोखरा, कपिलवस्तुको लुम्बिनी, मुस्तांगको मुक्तिनाथ, इलामको चिया बगान लगायत देशका भिविन्न स्थानहरुमा पर्यटक पठारहेको छ ।
यसवर्ष रारा , मुक्तिनाथ, तिलिचोरखप्तड लगायतसय बढी स्थानलाई टार्गेट गरिएको कार्यकारी दिर्नेशक सिद्धिकीले बताए । उनले अनलाईन मार्फत पर्यटकलाई सेवा दिईने भएपनि सामाजिक सञ्जाल र इमेल मार्फत पनि सम्पर्क गर्न सकिने जानकारी दिए ।
उनले आफ्नो सस्था मार्फत प्रत्येक महिना ८ सय बढी पर्यटक देशका विभिन्न पर्यटकीय स्थलहरुमा पुग्ने गरेको जानकारी दिए । उनले पर्यटकीय स्थलहरुमा पुग्नका लागि खाना, बस्न, यातायात सुविधा, गाईड, सवै सेवा उपलब्ध गराउने गरेको बताए ।
अब पूर्वका धार्मिक तथा पर्यटकीय स्थलहरु, पाथिभरा, सगरमाथा, मकालु हिमाल, भडेटार तथा सवै पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्नुका साथै पर्यटकलाई उक्त स्थानमा लगिने समेत बताए ।
उनले अब करिब २/३ महिना पछि नेपालका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न विभिन्न देशहरुमा आफुहरुको टोलि पुग्ने बताए ।