×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबर

४ फाल्गुन २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(फैसलाको प्रतिक्षा)
काठमाडौं जिल्ला अदालतमा आइतबार पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकियो /फैसाला सुनाउने तयारी भएपनि समय अभावका कारण अदालतले सोमबार फैसला सुनाउने ।

Advertisement
Advertisement

२.(आइपुगे घर)
चीनको वुहानबाट ल्याइएका एकसय ७५ जनालाई भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा पु¥याइयो/ उच्च ज्वरो देखिएका ६ जना भने चीनमै रोकिए ।

३.(कारवाहीको अर्काे बाटो)
ललिता निवास जग्गा प्रकरणमा अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेका १७५ जना मध्ये १७२ जनाविरुद्द ठगी मुद्दा दर्ता /आरोपीहरुलाई पक्राउ गर्ने बाटो खुल्यो / दोषी ठहर भए १० वर्षसम्म कैद हुने ।

४.(एमसीसीमा नबोल)
एमसीसीको विषयमा जथाभावि नबोल्न शीर्ष नेताहरुलाई भीम रावलको चेतावनी /केन्द्रीय समितिको कार्यादेश विपरित अभिव्यक्ति कार्यसमितिको अपमान गरेको ठहरिने उल्लेख /कार्यदलको समय १० दिनका लागि थप ।

५.(निरन्तरता पाओस्)
सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने भूमि व्यवस्थामन्त्री पद्मा अर्यालको भनाई/ काठमाडौं महानगरको वडा नम्बर ३१ मा रहेको ५ हजार ३ सय ४७ वर्ग किलोमिटर अतिक्रिमित जग्गामा सरकारी बोर्ड राखियो ।

६.(गृह नगरमा उद्घाटन)
दमकको कृष्ण मन्दिरदेखि बेलडाँगीसम्मको कालोपत्रे सडक र दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा निर्मित पक्की पुलको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन / बेलडाँगीमा आयोजित समारोहलाई प्रधानमन्त्रीद्वारा सम्बोधन ।

७.(कुलमानको कमाल)
नेपाल विद्युत प्राधिकरणको विद्युत चुहावट १० प्रतिशत भन्दा तल कायम भएसँगै चुहावटमा खेर जाने १० अर्ब बराबरको रकम जोगियो/चुहावट नियन्त्रणका लागि चालिएका कदम प्रभावकारी देखिएको प्राधिकरणका प्रमुख कुलमान घिसिङको भनाई ।

८.(न्यायिकलाई निगरानी)
उपत्यका बाहिरका स्थानीय तहहरुका न्यायिक समितिहरुको अनुमगनलाई प्राथमिकता दिनुपर्ने सांसदहरुको सुझाव / आवश्यक संरचना र जनशक्तिको व्यवस्थापन नहुँदासम्म प्रभावकारी नहुने गरेको उल्लेख ।

९.(विमानस्थलको विषय)
सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको मुद्दा पूर्ण इजलासमा पठायो / विमानस्थल निर्माण गर्दा रुख काट्न नहुने भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माद्वारा सर्वाेच्चमा रिट ।

१०.(ट्राफिकको सक्रियता)
काठमाडौंको बालाजु र थानकोटबाट चोरी भएका मोटरसाइकल र चोरीमा संलग्न केही व्यक्तिलाई काठमाडौं र धादिङ्का बिभिन्न स्थानबाट पक्राउ गरी सार्वजनिक / मोटरसाइकल चोरी गरी फरक नम्बर प्लेट राखेर प्रयोग गरिरहेको अवस्थामा फेला ।

११.(गोर्खाको चेतावनी)
एक महिनाभित्र आफ्ना मागहरु पूरा नभए आमरण अनसन सुरु गर्ने भूतपूवर्ष ब्रिटिस गोर्खा सैनिकहरुको चेतावनी /मार्च १५ सम्मको समयसीमा भित्र दुबै देशले वार्ता समिति गठन गरी वार्ताको सुरुवात गर्ने विश्वास ।

१२.(विकासको ढोका)
झापाको चारआलीदेखि पश्चिम बंगालको सिलगुडीसम्म पाइपलाइन विछ्याउन प्रारम्भिक अध्ययन सुरू / प्रि–भिजिविलिटी अध्ययन गरेर निकालेको प्रतिवेदनका आधारमा पेट्रोलियम पाइपलाइन बिच्छ्याउने काम अघि बढ्ने ।

१३.(सहकारीको जोखिम)
सहकारी संस्थाहरु सम्पत्ति शुद्धीकरणका हिसाबले अत्यन्त जोखिममा रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईको भनाई /सहकारीमा भ्रष्टाचार, ट्याक्स छलि भएको रकम आउन सक्ने जोखिम ।

१४.(आईपीएलको तालिका)
इन्डियन प्रिमियर लिगको १३ औं संस्करणको खेल तालिका सार्वजनिक /आईपीएल चैत्र १६ देखि जेठ सम्म भारतका विभिन्न शहरमा हुँदै / सन्दीप लामिछाने अनुबन्धित दिल्ली क्यापिटल्सले चैत १७ मा पञ्जावसँग खेल्ने ।

Advertisement

र,
१५.(नियन्त्रण उन्मुख कोरोना)
कोभिड–१९ अर्थात् कोरोनाको संक्रमण नियन्त्रण उन्मुख भएको चीनको दाबी /भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या एक हजार ६ सय ६९ पुग्यो /संक्रमितको सख्या ६९ पुग्यो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top