×

NEPAL TIMES UPDATES

Playing
नेटो टुक्रिने, ७७ वर्षपछि अमेरिका बाहिर, ट्रम्प नै भन्छन्, यो सैन्य गठबंधन ’कागजी बाघ’|| Nepal Times
Apr 01, 2026
Playing
यु द्ध छाड्न Trumpलाई कठिन, Iran भन्छ–अमेरिकी स्थलसेनाको प्रतिक्षामा छौं || Nepal Times
Apr 01, 2026
Playing
World News: Iran यु*द्धको ‘फिनिस लाइन’, यु*द्धमा Americaको दैनिक २ अर्ब डलर खर्च || Nepal Times
Apr 01, 2026
Playing
एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो || Nepal Times
Apr 01, 2026
Playing
ओली र लेखकको हिरासत म्याद आज सकिदै, भदौ २४ को घटनामा हालसम्म कति मुद्दा दर्ता? || Nepal Times
Apr 01, 2026
Playing
ओलीलाई आफ्नै बोलीले ब्याक फायर|| Nepal Times
Apr 01, 2026
Playing
पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै || Nepal Times
Apr 01, 2026
Playing
Top 15 Afternoon News || April-01-2026 || Nepal Times
Apr 01, 2026
Playing
दुई दिनमा १४ हजारबढीले उकालो लाग्यो सुन || Nepal Times
Apr 01, 2026
Playing
इरान युद्धका कारण रूसले जितिरहेको जेलेन्स्कीको ठहर|| Nepal Times
Apr 01, 2026

दुई वर्षभित्र मकरीगाडको १० मेगावाट विद्युत् थपिने

४ फाल्गुन २०७६

४ फागुन, दार्चुला। 

निजी क्षेत्रबाट निर्माण शुरु भएको मकरीगाड हाइड्रोपावर प्रालिले आगामी दुई वर्षभित्र मकरीगाड खोलामा १० मेगावाट विद्युत् निर्माण गरिसक्ने भएको छ । कूल रु दुई अर्ब पाँच करोड लगानीमा अपिहिमाल गाउँपालिका–५ मकरीगाडमा जलविद्युत् निर्माण हुने भएको हो ।

Advertisement

विद्युत् निर्माणका लागि अपिहिमाल गाउँपालिकाले लिएको जलविद्युत् नीतिअनुरुप यो क्षेत्रमा निजी क्षेत्रबाट पहिलोपटक १० मेगावाट क्षमताको जलविद्युत् निर्माणको थालनी भएको हो । जलविद्युत्को सांसद गणेशसिंह ठगुन्नाले शिलान्यास गरे । अपिहिमाल भएर बग्ने मकरीगाड खोलामा यो पहिलोपटक विद्युत् उत्पादन थालिएको छ । खात्ती गाउँ नजिकैको मकरी क्षेत्रमा सानो बाँध निर्माण गरी मकरीगाडको १.३५ घनमिटर पानी फर्काइ करीब ३.३ किमी फलामे पेनस्टकपाइपमार्फत विद्युत् उत्पादन गरिने छ ।

विद्युत् निर्माण गर्दा दुईवटा टरवाइन र जेनेरेटरमा ९२४ मिटरको जलचाँप खसाली मकरीगाडमा १० मेगावाट क्षमताको विद्युत् उत्पादन गरिन लागेको मकरीगाड हाइड्रोपावर प्रालिका प्रमुख कार्यकारी अधिकृत करन चन्दले जानकारी दिनुभयो । मकरीगाडबाट उत्पादन भएको विद्युत्लाई शैल्यशिखर नगरपालिका–१ शिखरस्थित चमेलिया जलविद्युत् आयोजनाको सवस्टेशनमा जडान गर्नेछ । उक्त आयोजनाबाट उत्पादन हुने विद्युत्लाई २७ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन बलाँचबाट राष्ट्रिय विद्युत् प्रणालीमा जोडिने छ ।

नेपाल विद्युत् प्राधिकरणको शिखर बलाचस्थित १३२ केभी सवस्टेशनमार्फत राष्ट्रिय विद्युत प्रणालीमा जोडिने योजना रहेको अधिकृत चन्दको भनाइ छ । मकरीगाड हाइड्रोपावर प्रालि निर्माणका लागि हाइड्रो भिजन कम्पनी प्रालि नेपाल र एलटीएल इनर्जी प्रालि श्रीलङ्का शेयरधनी रहेका छन् । जलविद्युत् निर्माणका लागि सानिमा बैंक लिमिटेडको नेतृत्वमा एनसीसी बैंक, सेञ्जुरी बैंक लिमिटेडको संयुक्तरूपमा रु एक अर्ब ४४ करोड ऋण सम्झौता भएको कार्यकारी अधिकृत चन्दले जानकारी गराए ।

यस्तै जलविद्युत् प्रवद्र्धक कम्पनीको तर्फबाट मकरीगाड हाइड्रोपावर प्रालिलाई रु ६१ करोड लगानी हुने बताइएको छ । सडक नपुगेको अवस्थामा मकरीगाड हाइड्रोपावर प्रालिले सडक निर्माणका लागि स्काभेटर, ड्रिलिङ मेसिन तथा विष्फोटक पदार्थ खरिदमा र जनशक्ति परिचालनमा सहयोग पु-याएको थियो । अहिले जलविद्युत् निर्माणस्थलमा रोपवे, बाँध, पेनस्टक, पाइप निर्माणको कार्य शुभारम्भ गरिएको छ ।

चमेलिया नदीको सहायक नदीमा उत्पादन भएको विद्युत्ले दार्चुलाको मात्र नभई समग्र राष्ट्रको समृद्धिमा टेवा पुग्ने सांसद ठगुन्नाले बताउनुभयो । यो विद्युत् उत्पादन हुनु गाउँपालिकाको विकासका लागि कोशेढुङ्गा सावित नै हुन्छ । जलविद्युत्को विकास गर्न सके रोजगारी सिर्जना, गाउँपालिकाको समग्र विकासमा समेत सहयोग पुग्ने भन्दै अझै यस क्षेत्रमा जलविद्युत् निर्माणका लागि प्रवद्र्धन गर्नुपर्ने उनले बताए ।

यस्तै जलस्रोतविज्ञ तथा विद्युत् प्राधिकरणका पूर्वनिर्देशक कीर्तिचन्द ठाकुरले चमेलिया जलाधार क्षेत्रमा विद्युत् उत्पादनका लागि राम्रो सम्भावना भएको बताउनुभयो । अहिले सडक समस्या हुँदा पनि विद्युत् निर्माण शुरु भएका छन् । सडकले राम्रो गति लिएपछि जलाधार क्षेत्रमा सयौँ मेगावट विद्युत् उत्पादनका लागि लगानीकर्ता इच्छुक देखिएको बताए ।

चमेलिया क्षेत्रमा ५० मेगावाट विद्युत् उत्पादन भइसकेको छ । अझै २०० मेगावाट विद्युत् उत्पादनका लागि अध्ययनको क्रममा रहेको बताउँदै जलस्रोतविज्ञ चन्दले भने, “यहाँ उत्पादन भएको विद्युत्ले सुदूपश्चिमको विकासमा कोशेढुङ्गा हुनेछ ।” उनले जलविद्युत् उत्पादनसँगै अपि वा मार्मा गाउँपालिका क्षेत्रमा १२५ किलोवाट क्षमतासम्मका सवस्टेशन निर्माणमा राज्यले ध्यान दिनुपर्ने बताए ।

मकरीगाड हाइड्रोपावर प्रालिका सञ्चालक समिति सदस्य श्रीलङ्कन लगानीकर्ता समेरा गनेगडाले दार्चुलाको चमेलिया जलाधार क्षेत्रका अन्य जलविद्युत्मा लगानी गर्न इच्छुक रहेको बताए । यो सँगै यस क्षेत्रमा रहेका चमेलिया जलाधार क्षेत्रमा उत्पादन हुने विद्युत्मा लगानी गर्न तयार रहेको जनाए।

सो गाउँपालिकामा निजी क्षेत्रबाट पहिलोपटक ठूलो लगानीमा विद्युत् निर्माण शुरु भएपछि स्थानीयवासीले कम्पनीको भव्य स्वागत गरेका छन् । गाउँपालिकाले निजी क्षेत्रलाई अझै लागनी गराउन उत्प्रेरित गर्न चाहेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए ।

Advertisement

– नरेन्द्रसिंह कार्की/रासस

भर्खरको समाचार

एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो

be69465e-c256-4321-9320-88b290c486bc

रुसी सैन्य विमान चट्टानमा ठोक्किँदा २९ जनाको मृ*त्यु

a8a7ac29-760a-4938-9183-c219453043cf

पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै

petrol-pump-india_AFP

नुवाकोटमा परम्परागत सिन्दुरे जात्रा विधिवत रूपमा प्रारम्भ

b84ae973-2674-4c6b-9035-27ad73b1f295

दुई दिनमा १४ हजारबढीले उकालो लाग्यो सुन

Gold bullion on american dollar banknotes close up

शान्तिदूत बने पाकिस्तान र चीन, दुई साताभित्रै यु*द्ध अन्त्य हुने

trump

युवा संघका ललितपुर अध्यक्ष पक्राउ, ओली र लेखकको बयान

Sudhan Gurung Grihamantri_NPL (3)

माओवादी विद्रोहमाथि भारतले विजय हासिल गर्यो

Screenshot 2026-03-31 142032

भूराजनीति भुमरीबाट बच्न सक्ला बालेन सरकार ?

balen_

क्याम्बोडियाबाट १२ नेपालीको उद्धार र कार्यस्थलको नयाँ सुरक्षा मापदण्ड

Screenshot 2026-03-31 133233

सम्बन्धित खबरहरु

Scroll to Top