कोरोनाका कारण क्वारेन्टाइनमा राखिएको क्रुजसिपबाट अमेरिकाले गर्‍यो आफ्ना नागरिकहरूलाई एयरलिफ्ट

५ फागुन, एजेन्सी । कोरोनासंक्रमणका कारण फेवररी ३ देखि क्वारेन्टाइनमा राखिएको क्रुजसिप डायमण्ड प्रिन्सेसबाट अमेरिकाले आफ्ना नागरिकहरूलाई दुई वटा प्लेनमा एयरलिफ्ट गरेको छ ।

अमेरिकी सरकारले चाटर्ड गरेको सो विमान सोमबार बिहानै टोक्योको हानेदा विमानस्थलबाट अमेरिकातर्फ उडेको जापानका संचारमाध्यमहरुले जनाएका छन् । सो क्रुजसिपमा चार सय अमेरिकी नागरिक थिए।

Advertisement

एक महिना अगाडि चीनबाट सुरु भएको कोरोनाभाइरसका संक्रमितहरू सो क्रुजसिपमा पनि भेटिएपछि डायमण्ड प्रिन्सेसलाई जापानको योकोहामा बन्दरगाहामा क्वारेन्टाइनमा राखिएको थियो। सो जहाजमा कोरोनाभाइरसबाट संक्रमित भएका ४० अमेरिकी नागरिकलाई भने जापानमा नै उपचारका लागि राखिएको छ । क्रुज जहाजमा करिब ३७ सय यात्री सवार थिए।

सो क्रुजसिपबाट हङकङमा उत्रिएका एक यात्रीलाई कोरोनाभाइरस भएको पुष्टि भएपछि डायमण्ड प्रिन्सेसलाई क्वारेन्टाइनमा राखिएको थियो।जापानी अधिकारीहरूले जहाजका यात्रीहरूमा कोरोनाभाइरसको संक्रमण संख्या ७० बाट बढेर ३५५ पुगेको जानकारी दिएका छन्।

Advertisement

अमेरिकाले एयरलिफ्ट गरेर लगिएका आफ्ना नागरिकलाई त्यहाँ पनि १४ दिनको क्वारेन्टाइनमा राख्ने जनाएको छ । त्यसैगरी क्रुजसिपमा रहेका केही अमेरिकी नागरिकले भने एयरलिफ्ट हुन अस्विकार गरेका छन्। उनीहरूले जहाजलाई १९ फरवरीसम्म तोकिएको जहाजको क्वारेन्टाइन समयसम्म कुर्ने बताउँदै एयरलिफ्ट हुन अस्वीकार गरेका हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top