प्रम ओलीको दावी, प्रगती ठिक छ

५ चैत ७४, मंगलबार

काठमाडौं, चैत ६
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काममा प्रगति भइरहेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले विकास, निर्माणसम्बन्धी आफूले देखेको सपना साकार पार्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले देशको आर्थिक अवस्था नाजुक भएपनि विकास, निर्माणको काम नरोकिने पनि स्पष्ट पारे । दमक–चिसापानी सडकको उचित व्यवस्थापन गर्न आवश्यक बजेट माग गर्न आज काठमाडौंमा आईपुगेका स्थानीय उपभोक्ता समितिका पदाधिकारीमाझ प्रधानमन्त्री ओलीले सडक, पुलजस्ता विकास, निर्माणको कामका लागि आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन दिए ।

उनले विकास आयोजनहरुको कामलाई अघि बढाउँदै लैजाने योजना पनि स्मरण गराए । प्रधानमन्त्री ओलीले विकासमार्फत् मुलुकमा समृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको पनि उल्लेख गरे ।

उनले उत्पादनमा बढावा दिँदै मुलुकमा रोजगारीको अवसर सृजना गर्न लागिएको समेत बताए । प्रधानमन्त्री ओलीको गृहजिल्ला झापास्थित दमक–चिसापानी सडकको उचित व्यवस्थापनका लागि थप १ अरव ७५ करोड बजेट निकासा गर्नुपर्ने स्थानीय उपभोक्ताको माग छ ।

उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरीले आवश्यक बजेटको अभावमा सडकमा पक्की ढल, ब्रेष्ट वाल, ग्राभेलिङलगायतका काम अघि बढाउन नसकिएको गुनासो पनि प्रधानमन्त्री ओलीसँग गरेका थिए ।

भर्खरको समाचार

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top