Nepal Times
Nepal Times
3
Shares

महाशिवरात्रीको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा शोभायात्रा(फोटो फिचर)

महाशिवरात्रीको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा शोभायात्रा(फोटो फिचर)

६ फागुन, काठमाडौँ ।
यसवर्षको महाशिवरात्रीको पूर्वसन्ध्यामा मंगलबार शोभायात्रा गरिएको छ । नेपाल भ्रमणवर्षसँग जोडेर महाशिवरात्रीलाई भव्य रुपमा मनाउने योजना अनुसार मंगलबार शोभा यात्रा गरिएको हो ।

महाशिवरात्रीमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित शोभायात्रा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले मंगलबार बिहान पशुपतिनाथ मन्दिरको पश्चिम गेटबाट सुरु गरेको शोभा यात्रा वनकाली, तिलगंगा, तीनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला हुँदै हंसमण्डपसम्म पुगेको थियो ।

यात्रामा साधुसन्त, महन्त, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ब्याण्ड टोलीको पनि सहभागिता रहेको थियो । यसैगरी कोषका पदाधिकारी र कर्मचारी, नेपाल वेद विद्याश्रमका शिक्षक, विद्यार्थी र महाशिवरात्री मुल समारोह समारोह समिति लगायतको सहभागिता रहेको थियो ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.