आठ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

५ फागुन ७६, मंगलबार

६ फागुन, काठमाडौँ । 

सबै स्थानीय तहमा बैंकिङ पहुँच पु¥याउने सरकारको लक्ष्य करिब–करिब पूरा हुने भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको गत पुस मसान्तसम्मको विवरणमा अब आठ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेको छ । कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ७४५ स्थानीय हतमा वाणिज्य बैंकका शाखा खुलेका छन् । केन्द्रीय बैंकका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये गत पुस मसान्तसम्म १३६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

सो प्रदेशमा एक स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी रहेको छ । प्रदेश नं २ का कूल १३६ स्थानीय तहमध्ये अब एक स्थानीय तहमा मात्रै बैंकका शाखा खुल्न बाँकी छ । सङ्घीय राजधानी समेत रहेको वाग्मती प्रदेशका कूल ११९ स्थानीय तहमध्ये ११७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । सो प्रदेशका दुई वटा स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी छ । गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ८४ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । अब एक स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी छ ।

सबै स्थानीय तहमा बैंकिङ पहुँच पु¥याउनेमा प्रदेश नं ५ अग्रस्थानमा रहेको छ । सो प्रदेशका कूल १०९ वटै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । केन्द्रीय बैंकका अनुसार कर्णाली प्रदेशका कूल ७९ स्थानीय तहमध्ये ७८ तहमा बैंकका शाखा पुगेका छन् । सुदूरपश्चिम प्रदेशका कूल ८८ स्थानीय तहमध्ये ८६ तहमा बैंकका शाखा खुलेका छन् ।रासस

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top