स्ववियु निर्वाचन स्थगित

६ फागुन ७६, मंगलबार
Share this
743shares

६ फागुन, काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालयले फागुन १४ गतेलाई घोषणा गरिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको छ । प्रमुख प्रतिपक्षी कांग्रेस निकट नेपाल विद्यार्थी संघले केही समय मागेका कारण पनि १४ गते तोकिएको मिति स्थगित गरिएको विश्वविद्यालय स्रोतले जनाएको छ।

Advertisement

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापा मगरले त्रिवि कार्यकारी परिषद्ले अर्को निर्णय नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरेकोे जानकारी दिए।

मिति घोषणा गरेपनि त्रिविले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न सकेको थिएन्।विद्यार्थी संघ संगठनबीच सहमति नहुँदा निर्वाचन अनिश्चित बनेको थियो। चैत अन्तिमसम्ममा निर्वाचनको मिति घोषणा गर्न त्रिवीभित्र छलफल चलिरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top