×

NEPAL TIMES UPDATES

Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026
Playing
विजयको विजय देखेर तीनछक्क, औँठी र ग्यास सिलिन्डरले कसरी बदल्यो नतिजा? || Nepal Times
May 05, 2026
Playing
किराँतीले नपत्याएका हर्कसंग अब कुलमानले पार्टी एकता गर्ने || Nepal Times
May 05, 2026
Playing
रुसमा न्यूक्लियर लिकः अब Putinले नछाड्ने,जापोरिजि‍यामा के भयो ? || Nepal Times
May 05, 2026
Playing
सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो|| Nepal Times
May 05, 2026
Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026

प्रजातन्त्र दिवस विशेषः ‘शहीद चन्ददेखि पन्तसम्मको स्मरण’

७ फाल्गुन २०७६

६ फागुन, काठमाडौं ।
वि.सं २००७ को प्रजातन्त्र प्राप्तिको क्रान्ति पूर्व सुदूरपश्चिम प्रदेशमा शहीद दशरथ चन्द, मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह, शहीद भीमदत्त पन्त र एण्डीप्रकाश चटौतको नाम सधैँ अग्रपङ्क्तिमै आउँछ । कञ्चनपुरको भीमदत्तनरस्थित सुदूरपश्चिमाञ्चलका पूर्व डीन डा टेकराज पन्तले प्रजातन्त्र प्राप्ति र तत्कालीन जहानियाँ राणाशासनका विरुद्ध सुदूरपश्चिमको भूमिका पनि ऐतिहासिक रहेको बताउँछन् ।

“त्यो बेला द्वारिका ठकुरानी, रामसिंह रावल, शिवराज पन्त, दुर्गाप्रकाश जोशी, खेमराज जोशी र एण्डीप्रकाश चटौत प्रजातन्त्रको लडाइँमा समकालीन हुन् ”, डा पन्तले भने, “तत्कालीन बुद्धिजीवीदेखि यहाँका अग्रज नागरिकको पनि अहम् भूमिका छ ।”

Advertisement
Advertisement

पछिल्लो समय शहीद घोषणाको रफ्तारप्रति असहमति जनाउँदै उनले शहीद घोषणाको छुट्टै अन्तर्राष्ट्रिय मापदण्ड रहेको बताए । “मुलुक, समाज र परिर्वतनका लागि आहुति दिने सबै श्रद्धाका पात्र नै हुन्”, उहाँले भने , “सस्तो लोकप्रियताका लागि शहीद घोषणा गरेर वास्तविक चार शहीदको अपमान गर्नु हुँदैन ।”

त्यसैगरी बैतडीस्थित शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका उपाध्यक्ष विनोदबहादुर चन्दले समाज परिर्वतन र मुलुकका लागि शहीद चन्दले निभाएको भूमिका शब्दले वर्णन गर्न नसकिने बताउँछन् ।

बैतडीको दशरथचन्द नगरपालिका–५ बस्कोटमा जन्मिएका शहीद दशरथचन्दको जन्म विसं १९६० असार १७ गते भएको थियो । कक्षा ५ सम्म बैतडीमै पढाइ गरेका शहीद चन्दले कक्षा १० (मेट्रिक) सम्म भारतको अल्मोडा पढेका थिए । त्यसपछि १९७७ कक्षा १२ सम्म पनि उनले भारतकै वनारसमा पढेको उपाध्यक्ष चन्दले बताए ।

“विद्यार्थीकालमै भारतले अङ्ग्रजकाविरुद्ध ‘भारत छोड अभियान’ सञ्चालन गर्दा दासत्वकाविरुद्धको आन्दोलन भएकाले त्यसको प्रभाव शहीद चन्दमा पनि प¥यो”, प्रतिष्ठानका उपाध्यक्ष चन्दले भने, “मुलुकमा राणा शासनविरुद्धको लडाइँ पनि स्नातक तहको अध्ययनबाट काठमाडौँमा शुरु गर्नुभएको थियो ।”

काठमाडौँको बसाई विसं १९८५ को मध्यतिर क्रान्तिकारी विचारधारा लिएर काठमाडौँ आएका चन्द तत्कालीन चिफ साहेव रुद्र शमशेरको सम्पर्कमा पुगे। विसं १९९० मा रुद्र शमशेर पाल्पा धपाइए । त्यो बेला सम्मद दशरथचन्द राणाका कट्टर विरोधी भइसकेका थिए । त्यति बेला उनी काठमाडौँ छोडेर भारततर्फ लागे ।

विसं १९९० को अन्त्यतिर बारा जिल्लाको मावादहमा चन्दको जम्काभेट टङ्कप्रसाद आचार्यसँग भयो । नेपाललाई राणाशासनबाट मुक्त गराउन दशरथचन्द, टङ्कप्रसाद आचार्य, रामहरि शर्मा, धर्मभक्त, चूडाप्रसाद शर्माजस्ता नवयुवक मिलेर विसं १९९३ जेठ २० गतेको शुभ दिनमा नेपाल प्रजापरिषद् नामक भूमिगत राजनीतिक संस्थाको स्थापना काठमाडौँ धर्मभक्तको घरमा गरेका थिए ।

शहीद चन्दको नामबाटै बैतडीमा नगरपालिका र डडेल्धुरादेखि झुलाघाटसम्म राजमार्गको नामकरण गरिएको छ भने धनगढी, भीमदत्तनगर, काठमाडौँ, डडेल्धुरालगायतका स्थानमा शालिक स्थापना गरेर उहाँप्रति सम्मान गरिएको छ ।

‘कि त जोत हलो, कि त छोड थलो, यदि होइन भने अब छैन भलो’ भन्दै सशक्तरुपमा शुरु गरेको किसान आन्दोलनबाटै गरिब, किसान, शोषित, पीडित र सर्वहारा वर्गको मुक्ति देखेका शहीद भीमदत्त पन्तको पनि प्रजातन्त्र र परिवर्तनका पक्षमा आन्दोलनको बागडोर सम्होलका सामाजिक व्यक्तित्व थिए ।

विसं २००७ को प्रजातन्त्रका लागि क्रान्तिका लागि तत्कालीन अवस्थामा सुदूरपश्चिममा नेपाली काँग्रेसको सशक्त भूमिका रहेको काँग्रेस कञ्चनपुरका पूर्वपार्टी सचिव भोजराज बोहराको भनाइ छ । उनले सेती–महाकालीमा प्रजातन्त्रको क्रान्तिका बेला रुपसिंह र गौरीलाललाई पहिलोपटक खटाएको बताए ।

“रुपसिंह र गौरीलाल आएपछि पहिलो भेला कञ्चनपुरको तत्कालीन सदरमुकाम बेलौरीमा भएको इतिहास छ”, बोहराले भने, “त्यसमा सहभागी हुँदा यहाँका नेतृत्वमा रहेका नेता तथा अगुवा ब्रह्मदेव र धनगढीलगायतका स्थानबाट बेलौरी पुग्नुभएको थियो ।”

उनले शहीद भीमदत्त पन्त पनि उक्त मोर्चामा सामेल भएको बताए । त्यसपछि डडेल्धुराका तत्कालीन बडाहाकिम मोहनबहादुर सिंहलाई हटाएर आफू बडाहाकिम भई बसेको इतिहास छ । क्रान्तिमा सहयोग गर्नेलाई कर्मचारी बनाएर शहीद पन्तले चार महिनासम्म डडेल्धुरामा शासन चलाएको जानकार बताउँछन् । सामन्ति संस्कारका विरुद्ध लड्न पन्तले सेनासमेत तयार गरेर विभिन्न स्थानमा आक्रमणसमेत गरेका थिए ।

डडेल्धुरा सदरमुकाम अमरगढीबाट एक किलोमिटर दक्षिणमा पर्ने अमरगढी नगरपालिका कारीगाउँमा विसं १९८३ मङ्सिर १० गते जन्मेका क्रान्तिकारी योद्धा भीमदत्त पन्तलाई किसान विद्रोह गरेको आरोपमा विसं २०१० साउन १७ गते टाउको काटी हत्या गरिएको थियो ।

उत्तर प्रदेश भारतको सिंहाइबाट संस्कृत विषयमा माध्यमिक तह अध्ययन गरेका पन्त शुरुआतमा काँग्रेस भनी चिनिएका थिए । माक्र्सवादका अनुयायी रहेको उनी निकट व्यक्ति बताउँछन् । भीमदत्त पन्तको नामबाट कञ्चनपुरमा ‘भीमदत्त नगरपालिका’ र ‘धनगढी–डडेल्धुरा भीमदत्त राजमार्ग’ राखिएका छन् भने डडेल्धुरा र कञ्चनपुरका विभिन्न स्थानमा शहीद पन्तको शालिक तथा पार्कको समेत नामकरण गरिएको छ ।

त्यसैगरी २०५५ सालमा नेपालको लोकतान्त्रिक आन्दोलनमा महाकाली अञ्चलको भूमिका विषयमा विद्यावारिधी गर्नुभएका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्रा डा मुकुन्द कलौनीले प्रजातन्त्रको क्रान्ति सुदूरपश्चिममा बैतडी जिल्लाबाट भएको बताए । “२००६ सालमा दशरथ शम्शेर राणा दौडाहामा बैतडी आउँदा तत्कालीन अवस्थामा खेमराज जोशी, दुर्गादत्त जोशीलगायतले राणाविरुद्ध पर्चा काण्ड गरेर दौडाहको विरोध गर्नुभएको थियो”, डा कलौनीले भने , “राणाको दौडाहको विरोध रगतले लेखेका पर्चा जिल्लामा बाँड्ने काम त्यही बेला भएको हो ।”

Advertisement
Advertisement

त्यसका साथै शहीद चन्द, मानवतावादी राजा सिंह, एण्डीप्रकाश चटौत, दक्षिण एशियाकै पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी र शहीद भीमदत्त पन्तले यहाँ प्रजातन्त्रको आन्दोलनको पृष्ठभूमि तयार गरेको डा कलौनीको भनाइ छ । “त्यो बेलाको क्रान्ति जुन उद्देश्यले गरिएको थियो त्यो अहिलेका नेतामा नियत ठीक नहुँदा समस्या भयो,” उनले भने, “नीति ठीक भएर मात्रै हुँदैन लोकतन्त्र सफल बनाउन नियत पनि ठीक हुनु आवश्यक छ ।” रासस

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top