Nepal Times
Nepal Times
3
Shares

प्रदेश १ को ‘प्रदेश कानुन मस्यौदा सुझाब समिति’ गठन

प्रदेश १ को ‘प्रदेश कानुन मस्यौदा सुझाब समिति’ गठन

विराटनगर, चैत ६
प्रदेश नम्बर १ को प्रदेश सरकारले कानुन निर्माण गर्नका लागि ‘प्रदेश कानुन मस्यौदा सुझाब समिति’ गठन गरेको छ । विराटनगर अवस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद्को चौथो बैठकले पूर्वसांसद सुनसरी इटहरीका रेवतीरवण भण्डारीको संयोजत्वमा पाँच सदस्य रहने गरी मस्यौदा सुझाब समिति गठन गरेको हो ।

कानुन निर्माण गर्न गठन भएको मस्यौदा सुझाव समितिको अन्य सदस्यहरुमा प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चुडामणि आचार्य, अधिवक्ता जगत थापा, दोर्णराज दाहाल र मस्यौदा सुझाब समितिको सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव शेरजन कार्की रहेका छन् ।

त्यस्तै बैठकले राजस्व सम्बन्धि विधेयक २०७४ मस्यौदा तर्जुमा गर्न र चैतको दास्रो साताभित्रमा ल्याउने बजेटका लागि विनियोजन विधेयक २०७४ का लागि सौद्धान्तिक स्वीकृत प्रदान गरिएको छ ।

त्यस्तै प्रदेश आर्थिक कार्यविधि विधेक मस्यौदाका लागि स्वृीकृत गरेको छ । मन्त्री परिषदले स्वीकृत गरिएका विधेयक र नियावलीहरु बुधबार बस्ने संसद बैठकमा पेश गर्ने सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए । प्रवत्ता कार्कीले प्रदेश सञ्चालन गर्नका लागि यही चैतभित्रमा २२ वटा कानुनहरु निर्माण गरिसक्ने बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.