पथरी, चैत ६
मोरङको पथरीशनिश्चरे नगरपालिकामा पशुपंक्षीसम्बन्धी विनियोजित २१ लाख रुपैयाँ बराबरको कार्यक्रमको बाँडफाँड गरी योजना अघि बढाइएको छ ।
स्वीकृत बजेट तथा नीति कार्यक्रमका सम्वन्धमा आर्थिक विकास समितिले मंगलबार वडाध्यक्ष तथा पशुपंक्षी सेवा शाखासँग छलफल गरी कार्यक्रमको प्रभावकारिताका बारेमा निर्णय गरेको छ ।
नगरको वडा नम्बर ६ स्थित मंगलबारेमा रहेको पशुपंक्षी सेवा शाखामा आवश्यक उपकरण खरिद गरी पशुपंक्षीको जाँच तथा उपचारलाई प्रभावकारी बनाउने निर्णय भएको नगर प्रवक्ता एवम् आर्थिक विकास समिति संयोजक यामप्रसाद गुरागाईंले जनाए । कार्यालय परिसरमा बाँझोपन निवारणसम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेछ ।