फागुन १६ देखि काठमाडौं, ललितपुर र पोखरामा साँस्कृतिक मेला हुने

८ फागुन ७६, बिहीबार

८ फागुन, काठमाडौँ ।
आगामी सातादेखि ‘दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०७६’ आयोजना हुने भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही फागुन १६ देखि २५ गते सम्म काठमाडौं, ललितपुर र पोखराका पर्यटकिय क्षेत्रमा दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला आयोजना गर्न लागिएको जनाएको हो ।

Advertisement

एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष रामचन्द्र कोइरालाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मेलाले सहयोग गर्ने विश्वास गरिएको बताए । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारासहित नेपाली संस्कृतिको उत्थान तथा सांस्कृतिक पर्यटन प्रबद्र्धनको अभियानलाई निरन्तरता दिंदै अन्तर्राष्ट्रिय समुदायसँग लोक सँस्कृतिको आदान प्रदान गरी नेपालमा साँस्कृतिक पर्यटन प्रर्बद्धन गर्ने उद्देश्य राखिएको जानकारी उनले दिए । उनले देशको संस्कृति, पुरातात्विक र अन्य पर्यटकीय स्थलको मात्र नभई देशकै प्रचारप्रसार हुने विश्वास राखिएको बताए ।

मेलामा इस्टोनिया, मेक्सिको, बङ्गलादेश, भारत, मलेसिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलंका, इजिप्ट लगायतका मुलुकका २५० भन्दा बढी साँस्कृतिक कलाकारहरुको सहभागिता रहने छ । मेलामा कलाकारहरुले आ–आफ्नो संस्कृति भल्कने भेष–भूषा लगाई साँस्कृतिक झाँकी प्रस्तुत गर्ने र आफ्नो देशको लोक गीत, संगीत र लोक नृत्य प्रस्तुत गर्नेछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top