संविधान संशोधन गर्न नेकपाद्वारा तीन सदस्सीय कार्यदल गठन

११ फागुन ७६, आइतबार

११ फागुन, काठमाडौँ । संविधान संशोधन गर्न नेकपाले सचिवालय सदस्य माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्सीय कार्यदल बनाएको छ ।

Advertisement

शनिबार बसेको नेकपाको सचिवालय बैठकले कार्यदल बनाएको हो । कार्यदलमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्बाङ र पार्टी केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य छन् ।

राष्ट्रियसभा सदस्यलाई प्रतिनिधसभाको हैसियत बराबर हुने गरी संविधान स‌ंशोधनका लागि अध्ययन गर्ने जिम्मा कार्यदललाई जिम्मा दिइएको उच्च स्रोतले जानकारी दिएको छ। नेपालको संविधान अनुसार प्रतिनिधिसभा सदस्य मात्रै प्रधानमन्त्री बन्न पाउने व्यवस्था छ।

Advertisement

शनिबारको सचिवालय बैठक अध्यक्ष पुष्पकमल दाहालले कार्यदल गठनका लागि प्रस्ताव पेश गरेका थिए। यसमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले कार्यदल गठनको प्रस्तावमा कुनै प्रतिवाद नगरेको स्रोतले बतायो।

नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने तयारी स्वरुप कार्यदल गठन गरेको स्रोतले बतायो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top