१२ फागुन, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका लागि सोमबार भारत पुगेका छन् । उनलाई अहमदावादको सरदार भल्लाभभाइ पटेल अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका हुन् ।
अब ट्रम्प परिवारले महात्मा गान्धीको सबरमती आश्रमको अवलोकन गर्ने छन् । उनले विश्वकै विशाल क्रिकेट स्टेडियमको उद्घाटन गर्नेछन् जहाँ एक लाख नागरिकले सहभागिता जनाउने बीबीसी हिन्दीले बताएको छ ।
साथै, आगरास्थित ताजमहलमा पनि घुम्ने तालिकामा रहेको भारतीय सञ्चारले जनाएको छ । ट्रम्पकी पत्नी मेलिनिया ट्रम्पले दिल्लीका सरकारी विद्यालयमा पनि भ्रमण गर्ने जनाइएको छ । ट्रम्प दम्पत्ति भ्रमणमा आउने भएपछि भारतका तीन सहरमा तीन तहको सुरक्षा कायम गरिएको छ । उनीहरू दिल्लीको आइटीसी मौर्या होटलमा बस्नेछन्।
