×

NEPAL TIMES UPDATES

Playing
नेपालमा निजीकरण गरिएका उद्योगहरुको नालीबेली, के सरकारले उद्योग चलाउने हो ? || Nepal Times
Apr 01, 2026
Playing
पोखराको जंगलघरमा ठूलो अपरेशन,६५०० तिरेर प्रवेश, भित्र ड्रग्स पार्टी|| Nepal Times
Apr 01, 2026
Playing
संसद्को पहिलो बैठकमा रवि, बादल, प्रचण्ड, हर्क, ज्ञानेन्द्रले सम्बोधन गर्ने || Nepal Times
Apr 01, 2026
Playing
छिटो घर गए बिदा काटिने, खटाएको ठाउँमा नगए राजीनामा दिनू|| Nepal Times
Apr 01, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-18-2082 || Nepal Times
Apr 01, 2026
Playing
प्रचण्डका सैन्य कमान्डर बादल अब ओलीका संसदीय कमान्डर || Nepal Times
Apr 01, 2026
Playing
नेटो टुक्रिने, ७७ वर्षपछि अमेरिका बाहिर, ट्रम्प नै भन्छन्, यो सैन्य गठबंधन ’कागजी बाघ’|| Nepal Times
Apr 01, 2026
Playing
यु द्ध छाड्न Trumpलाई कठिन, Iran भन्छ–अमेरिकी स्थलसेनाको प्रतिक्षामा छौं || Nepal Times
Apr 01, 2026
Playing
World News: Iran यु*द्धको ‘फिनिस लाइन’, यु*द्धमा Americaको दैनिक २ अर्ब डलर खर्च || Nepal Times
Apr 01, 2026
Playing
एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो || Nepal Times
Apr 01, 2026

माथिल्लो तामाकोशी आयोजनाको काममा ढिलाई

१२ फाल्गुन २०७६

१२ फागुन, दोलखा । 

 माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा तोकिएको समयमा नै पूरा नहुने अवस्था देखिएको छ । आयोजनामा कार्यरत कर्मचारीका कारण असार मसान्तसम्म विद्युत् उत्पादन गर्ने लिएको लक्ष्य पूरा नहुने देखिएको हो । राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको सो आयोजनाको निर्माण कार्य जति लम्ब्याउँदै गयो, त्यति नै आफूलाई आर्थिकरुपमा फाइदा पुग्ने कर्मचारीमा देखिएको मनोवृति कारण तोकिएको समयमा आयोजनाको निर्माण कार्य पूरा नहुने समस्या देखिएको स्थानीयवासीको आरोप छ ।

Advertisement

तीन वर्षअघिदेखि नै प्रत्येक वर्षको असार मसान्तमा आयोजनाको निर्माण कार्य पूरा हुन्छ भन्दै आएका कर्मचारीले आफनो जागिर लम्ब्याउने खेतीमा लागेको नागरिक समाजका अगुवा भवीन्द्र कार्कीले बताए । ‘यस पटक पनि २०७७ साल असार मसान्तमा विद्युत् उत्पादन हुन्छ भन्ने ढाँटको खेती गरिरहेको छ’, उनले भने, ‘जनताले बुझाएको राजश्वको उपहास गर्र्दै तामाकोशी जलविद्युत् आयोजनालाई केही कर्मचारीले ठगी खाने भाँडो बनाएका छन् ।’ उनले जनताले खाई नखाई जगेर्ना गरेको शेयर रकमको समेत बेवास्ता गरिएको बताउँदै आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको तल्लो ठाडो सुरुङ र माथिल्लो ठाडो सुरुङमा पाइप राख्ने काममा ढिलाइ भइरहेको बताए ।

दोलखाली जनताले नबुझेर आफूहरुलाई आरोप लगाएको र यो आरोप सत्य नभएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले दाबी गरे । उनले भने, ‘पटक पटक जनतालाई ढाँटे पनि कुनै बाधा–व्यवधान नआए २०७७ साल असार मसान्तभित्र विद्युत् उत्पादन हुन्छ ।’ ‘वैशाख महिनाभित्र तल्लो र माथिल्लो ठाडो सुरुङमा पाइप राख्ने काम गरिसक्छौँ’, उनले भने ।

नौ महिनाको अवधिमा जम्मा ३०० मिटरमात्र पेनस्टक पाइप जडान सम्पन्न हुनुले असार मसान्त सम्ममा परीक्षण उत्पादन शुरु हुने कुरा प्राविधिक र व्यावहारिक रुपमा पनि असम्भव देखिएको छ । आयोजनाको लागत रु ७० अर्ब माथि पुग्ने अनुमान प्रवक्ता न्यौपानेको छ । उनका अनुसार अहिलेसम्म आयोजना निर्माणमा करीब रु ५० अर्ब खर्च भइसकेको छ । डलरमा भएको मूल्य वृद्धि, ऋणको ब्याज, प्रशासनिक खर्च लगायतका कारण आयोजना पूरा हुँदा आयोजनाको लागत रु ७५ अर्बभन्दा केही बढी हुन सक्ने प्रवक्ता न्यौपानेले बताए ।

समग्रमा आयोजनाको प्रगति ९९ दशमलब चार प्रतिशत पुगेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जनाएको छ । आजसम्ममा ३७३ मिटरको तल्लो ठाडो सुरुङमा २२० मिटर र ३१० मिटरको माथिल्लो ठाडो सुरुङमा १३० मिटर पेनस्टक पाइप जडान भइसकेको प्रवक्ता न्यौपानेको भनाइ छ ।

लट २ को हाइड्रो मेकानिकलको भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनीयरिङले काममा ढिलाइ गरेपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, टेक्सम्याको र एन्ड्रिजबीचमा त्रिपक्षीय सम्झौता भई तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काम एन्ड्रिजलाई दिइएको थियो भने माथिल्लो ठाडो सुरुङमा टेक्सम्याकोले नै पेनस्टक पाइप जडानको काम गरिरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

सुरुङ तथा पेनस्टक पाइपको परीक्षण सफल गरी असार मसान्त सम्ममा विद्युत्गृहमा जडान गरिएका ६ युनिटमध्ये एक युनिटबाट परीक्षण उत्पादन शुरु गर्ने र बाँकी पाँचै वटा युनिटमा गर्दा असोज महिना लाग्ने उनको भनाइ छ । आयोजनाको विद्युत् गृह निर्माण सम्पन्न भई तयारी अवस्थामा छ भने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । आयोजना आगामी असोजभित्र सम्पन्न गर्ने तयारी छ ।

Advertisement

–दीपशंकर चौलागाई/रासस

भर्खरको समाचार

एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो

be69465e-c256-4321-9320-88b290c486bc

रुसी सैन्य विमान चट्टानमा ठोक्किँदा २९ जनाको मृ*त्यु

a8a7ac29-760a-4938-9183-c219453043cf

पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै

petrol-pump-india_AFP

नुवाकोटमा परम्परागत सिन्दुरे जात्रा विधिवत रूपमा प्रारम्भ

b84ae973-2674-4c6b-9035-27ad73b1f295

दुई दिनमा १४ हजारबढीले उकालो लाग्यो सुन

Gold bullion on american dollar banknotes close up

शान्तिदूत बने पाकिस्तान र चीन, दुई साताभित्रै यु*द्ध अन्त्य हुने

trump

युवा संघका ललितपुर अध्यक्ष पक्राउ, ओली र लेखकको बयान

Sudhan Gurung Grihamantri_NPL (3)

माओवादी विद्रोहमाथि भारतले विजय हासिल गर्यो

Screenshot 2026-03-31 142032

भूराजनीति भुमरीबाट बच्न सक्ला बालेन सरकार ?

balen_

क्याम्बोडियाबाट १२ नेपालीको उद्धार र कार्यस्थलको नयाँ सुरक्षा मापदण्ड

Screenshot 2026-03-31 133233

सम्बन्धित खबरहरु

Scroll to Top