खोटाङको मनमाया राई खानीडाडा विमानस्थलमा परीक्षण उडान

१३ फागुन ७६, बुधबार

१३ फागुन, खोटाङ ।
खोटाङको मनमाया राई खानीडाडा विमानस्थलमा परीक्षण उडान गरिएको छ । मंगलबार नेपाल वायुसेवा निगमले परीक्षण उडान भरेको हो ।

Advertisement

कालोपत्रेका लागि गत २० महिनादेखि उडान बन्द रहेको सो विमानस्थलमा कालोपत्रेको काम सकिएपछि परीक्षण उडान भरिएको हो।

विमानस्थलमा सातामा दुई दिन नियमित उडान भरिने वायु सेवा निगमका निर्देशक दीपुराज जुहारले बताए।

Advertisement

खानीडाडामा आयोजित कार्यक्रममा सरोकारवालाहरुले विमानस्थलले पहाडका जनताको प्रत्यक्ष रुपमा फाइदा पुर्‍याउने भएकाले बढी भन्दा बढी नियमित उडान भर्नुपर्ने बताएका थिए ।

नागरिक उड्ड्यन प्राधिकरणले ५करोड ३० लाख रुपैयाँ खर्च गरेर निर्माण गरको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top