बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा अमेरिकामा पाँचजनाको मृत्यु

१५ फागुन ७६, बिहीबार
Share this
723shares

१५ फागुन, एजेन्सी ।
अमेरिकाको विस्कन्सिन राज्यमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँचजनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

विस्कन्सिनको मिल्वोकीमा रहेको मोल्सन कूर्स ब्रूइङ्ग कम्पनी परिसरमा एक बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन्। आक्रमणकारीको ‘सेल्फ–इन्फेक्टेड वुण्डस्’ कारण मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।

आक्रमणकारी ५१ वर्षका स्थानीय बासिन्दा रहेको उल्लेख छ। आक्रमकारीको उद्देश्य खुलेको छैन। स्थानीय समय अनुसार बुधबार अपराहन्न कम्पनीको परिसरमा बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका हुन् । आक्रमण भएका बेला कम्पनीमा सयौँ कर्मचारी कार्यरत थिए ।

Advertisement

मिल्वोकी शहरका मेय टम बारेट्टले आफ्नो शहरको इतिहासमा यो घटना अति दुःखद रहेको बताएका छन्। गोलीकाण्डमा मारिने पाँचैजना कम्पनीका कर्मचारी रहेको मिल्वोकी प्रहरीले जनाएको छ । मोल्सन कूर्सले कूर्स र मिलर बियर उत्पादन गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top