टेनिसबाट सन्यास लिने मारिया शारापोवाको घोषणा

१४ फागुन ७६, बिहीबार

१५ फागुन, एजेन्सी ।
पाँच पटकसम्म ग्रयाण्ड स्लाम विजेता रसियन टेनिस खेलाडी मारिया शारापोवाले टेनिस खेलबाट सन्यासको घोषणा गरेकी छन्।

Advertisement

शारापोवाले ३२ वर्षकै उमेरमा बुधबार टेनिसबाट सन्यासको घोषणा गरेकी हुन्। साइवेरियामा जन्मेकी शारापोवा सन २००४ मा १७ वर्षकै उमेरमा सेरेना विलियम्सलाई हराएर एकाएक चर्चामा आएकी थिइन्।

सन २००६मा यूएस ओपोनको उपाधि जितेकी शारापोवा २००८ मा अस्ट्रेलियन ओपन, २०१२ मा फ्रेन्च ओपनको र २०१४ रोल्याण्ड ग्यारोसको समेत उपाधि विजेता हुन्। उनी २००५ मा विश्व वरियतामा शीर्ष स्थानमा आएकी थिइन्।

Advertisement

विश्व वरियतामा शीर्ष स्थानमा पर्ने उनी पहिलो रसयिन टेनिस महिला खेलाडी हुन्। टेनिसमा उनी सर्वाधिक पारिश्रमिक लिने महिला टेनिस खेलाडी पनि हुन।

१०१६मा भएको अस्ट्रेलियन ओपन अन्तरगतको खेलमा उनले प्रतिबन्धित औषधिको प्रगोग गरेसँगै १५ महिनाका लागि खेलमा प्रतिबन्ध लगाइएको थियो। १५ महिनापछि फेरि टेनिस जगतमा फिर्ता भएकी उनले उनले सन्तोषजनक प्रदर्शन गर्न सकेकी थिइनन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top