नक्कली लाइसेन्सको कारोबारमा संलग्न एक महिला पक्राउ

१४ फागुन ७६, बिहीबार

१५ फागुन, जनकपुर । नक्कली लाइसेन्सको कारोबारमा संलग्न भएको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-९ कि रूवि मिश्र रहेकी छिन् । रुविले आफ्ना छोरा चन्दन मिश्रको सहयोगमा नक्कली लाइसेन्स बनाइदिने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

गत माघ २९ गते महोत्तरीको गौलाशा नगरपालिका १२ बस्ने कृष्णदेव कुसवाहा प्रहरी चेकिङ्गमा परेपछि लाइसेन्स देखाउँदा लाइसेन्स नक्कली भेटिएको थियो । सोही अनुसन्धानका क्रममा कुसवाहाले ५ हजार नगदमा चन्दनमार्फत नक्कली लाइसेन्स लिएको बताएका थिए ।

Advertisement

कुसवाहाले मिश्रविरुद्ध बयान दिएपछि उनलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । पक्राउ परेका मिश्रविरुद्ध चार दिनको म्याद थप गरी थप अनुसन्धान चलिरहेको प्रहरीले बताएको छ । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top