सात महिनामा नौ प्रतिवादी फरार

१४ फागुन ७६, बिहीबार

१५ फागुन, लमजुङ ।
सात महिनामा विभिन्न मुद्दाका नौ प्रतिवादी यहाँबाट फरार भएका छन् ।

Advertisement

बेँसीशहरमा रहेको जिल्ला अदालतले विभिन्न मुद्दामा कैद तथा जरिवानाको फैसला गरेका ती प्रतिवादी फरार रहेको अदालतका श्रेस्तेदार जगतबहादुर भण्डारीले जानकारी दिए ।

लागुऔषध, नकबजनी चोरी, जबर्जस्ती करणी, बालविवाह, अवैधरूपमा काठ ओसारपोसारलगायतका मुद्दाका ती पुरुष प्रतिवादी फरार रहेको उनले बताए । त्यस्तै गत आव २०७५÷७६ मा विभिन्न मुद्दाका १२ प्रतिवादी फरार रहेका थिए ।

Advertisement

फरारमध्ये कर्तव्य ज्यान, बालविवाह, लागुऔषध, नकबजनी चोरी, अवैधरुपमा काठ ओसारपोसार, जबर्जस्ती करणीलगायतका मुद्दाका रहेको थिए । उनका अनुसार फरार प्रतिवादी सबै पुरुष छन् ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top