×

NEPAL TIMES UPDATES

Playing
नेपालमा निजीकरण गरिएका उद्योगहरुको नालीबेली, के सरकारले उद्योग चलाउने हो ? || Nepal Times
Apr 01, 2026
Playing
पोखराको जंगलघरमा ठूलो अपरेशन,६५०० तिरेर प्रवेश, भित्र ड्रग्स पार्टी|| Nepal Times
Apr 01, 2026
Playing
संसद्को पहिलो बैठकमा रवि, बादल, प्रचण्ड, हर्क, ज्ञानेन्द्रले सम्बोधन गर्ने || Nepal Times
Apr 01, 2026
Playing
छिटो घर गए बिदा काटिने, खटाएको ठाउँमा नगए राजीनामा दिनू|| Nepal Times
Apr 01, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-18-2082 || Nepal Times
Apr 01, 2026
Playing
प्रचण्डका सैन्य कमान्डर बादल अब ओलीका संसदीय कमान्डर || Nepal Times
Apr 01, 2026
Playing
नेटो टुक्रिने, ७७ वर्षपछि अमेरिका बाहिर, ट्रम्प नै भन्छन्, यो सैन्य गठबंधन ’कागजी बाघ’|| Nepal Times
Apr 01, 2026
Playing
यु द्ध छाड्न Trumpलाई कठिन, Iran भन्छ–अमेरिकी स्थलसेनाको प्रतिक्षामा छौं || Nepal Times
Apr 01, 2026
Playing
World News: Iran यु*द्धको ‘फिनिस लाइन’, यु*द्धमा Americaको दैनिक २ अर्ब डलर खर्च || Nepal Times
Apr 01, 2026
Playing
एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो || Nepal Times
Apr 01, 2026

शेयरको बढोत्तरी रोकिएन, ४ अर्ब ४६ करोडको कारोबार

१५ फाल्गुन २०७६

१५ फागुन, काठमाडौँ ।
साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजारमा उतारचढावबीच नेप्से परिसूचक बढेर बन्द भएको छ । खरिदकर्ता र विक्रीकर्ताको चाप परिवर्तन भइरहदा बजार खुलेको केही समयसम्म तीव्र उतारचढाव देखिएको थियो । तर पछि खरिदकर्ता हावि भएपछि नेप्से बढेर बन्द भएको छ । शेयर बजारमा परिसूचक नेप्से बिहीबार पनि बढेको छ ।

कारोबार रकमले फेरी नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूक ३६ दशमलव शुन्य ५ अंकले बढेर १ हजार ६ सय ३२ दशमलव १७ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि ११ दशमलव ६३ अंकले बढेर ३ सय ४७ दशमलव ६८ अंकमा बन्द भएको छ । बिहीबार कारोबार रकम ४ अर्ब ४६ करोड ५ लाख ३६ हजार २ सय ५१ रुपैयाँ पुगेको छ । जुन अहिले सम्मकै उच्च कारोबार हो । त्यस्तै १ सय ८० कम्पनीको १ करोड ८ लाख ५९ हजार ६ सय ५६ कित्ता शेयर खरिद विक्री भएको छ । पछिल्लो एक महिनामा नेप्से परिसूचक ३ सय २६ दशमलव २९ अंकले बढेको छ । गत माघ १५ गते नेप्से परिसूचक १ हजार ३ सय ५ दशमलव ८८ अंकमा बन्द भएको थियो । बजारमा उच्च कारोबार हुनु र शेयरको माग बढ्नुको मूख्य कारण चीनमा देखिएको नोेवल कोरोना भाइरस रहेको केही लगानीकर्ताहरुको भनाई छ । लगानीकर्ता हरिश दाहालले चीनमा कारोना भाइरस देखिएपछि चीनसँग हुने व्यापारिक कारोबार ठप्प भएको र उक्त पैसा शेयर बजारमा आएकाले कारोबार रकम उच्च भएको बताए । उनले दैनिक २ अर्ब भन्दा बढी रकमको आयात चीनबाट हुने गरेकोमा अहिले व्यापार रोकिदा व्यवसायीहरुले शेयर बजारमा लगानी गरेको तर्क गरे । चीनसँगको व्यापार सहज भएपछि शेयर विक्री गरी व्यापार गर्न सजिलो हुने भएकाले पनि त्यस्ता व्यवसायीहरुले आफ्नो पूँजीलाई शेयर बजारमा लगाइरहेका छन् । जसका कारण कारोबाररम दिन दिनै बढेको छ ।

Advertisement

बजारका विश्लेषकहरु भने अर्थतन्त्रका अधिकांश सूचकहरु सकरात्मक हुनु, बैंकहरुले शेयरमा लगानी बढाउनु र कम्पनीहरुको वित्तीय प्रगति राम्रो देखिनु नै बजार बढ्नुको मूख्य कारण भएको बताउँछन् । शेयर विश्लेषक रुक्मागत काफ्लेले अर्थतन्त्र सकारात्मक भएको अवस्थामा ठूला लगानीकर्ताले शेयर खरिद बढाउँदा बजार सकारात्मक भएको बताए । उनले कुनैपनि बेला ठूला लगानीकर्ताले विक्री बढाउन सक्ने भएकाले लगानी गर्दा ध्यान दिनुपर्ने समय आएको समेत बताए । त्यस्तै अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट बाहिरिने हल्लाका कारण बजारमा कुनै असर नपर्ने तर्क विश्लेषक काफ्लेको छ ।

Advertisement

बजारमा ठूला लगानीकर्ता र म्युचुअल फण्ड कम्पनीहरुले शेयर खरिद बढाएकोले लगातार कारोबार रकमसँगै नेप्से बढेको छ । विश्लेषक काफ्लेले कुनैपनि बेला ठूला लगानीकर्ता र स्पेकुलेसन गर्ने लगानीकर्ताले विक्रीचाप बढाएमा बजार फेरी तल आउन सक्ने र त्यो अवस्थामा नयाँ र साना लगानीकर्तालाई समस्या हुन सक्ने सम्भावना फेरीपनि दोहोरीन सक्ने देखिएको बताए । बिहीबार नेप्से परिसूचक बढेपनि अधिकांश समूहका सूचकहरु भने घटेका छन् । बैंकिङ, विकास बैंक र उत्पादन तथा प्रशोधन समूहका सूचक मात्र बढेका छन् । बैंकिङ समूह ६ दशमलव १४ प्रतिशतले, विकास बैंक समूह १ दशमलव ९१ प्रतिशतले र उत्पादन तथा प्रशोधन समूह शुन्य दशमलव ५१ प्रतिशतले बढेको छ । त्यसबाहेक ९ वटा समूहका सूचकहरु घटेका छन् । बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार २८ करोड ९२ लाख ३७ हजार २ सय ८३ रुपैयाँ, एनआइसी एसियाको शेयर २० करोड ५९ लाख ४६ हजार ५ सय ५ रुपैयाँको खरिद विक्री भएको छ । सबैभन्दा बढी एभरेष्ट बैंकका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । त्यस्तै नेपाल एसबीआई बैंक, हिमालयन बैंक, नबिल बैंक, वोमि माइक्रोफाइनान्सका शेयरधनीले ९ प्रतिशत भन्दा बढीले कमाएका छन् । तर ङादि ग्रुप पावरका शेयरधनी, सिनर्जी पावर र समृद्धि फाइनान्सका शेयरधनीले ६ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।

भर्खरको समाचार

एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो

be69465e-c256-4321-9320-88b290c486bc

रुसी सैन्य विमान चट्टानमा ठोक्किँदा २९ जनाको मृ*त्यु

a8a7ac29-760a-4938-9183-c219453043cf

पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै

petrol-pump-india_AFP

नुवाकोटमा परम्परागत सिन्दुरे जात्रा विधिवत रूपमा प्रारम्भ

b84ae973-2674-4c6b-9035-27ad73b1f295

दुई दिनमा १४ हजारबढीले उकालो लाग्यो सुन

Gold bullion on american dollar banknotes close up

शान्तिदूत बने पाकिस्तान र चीन, दुई साताभित्रै यु*द्ध अन्त्य हुने

trump

युवा संघका ललितपुर अध्यक्ष पक्राउ, ओली र लेखकको बयान

Sudhan Gurung Grihamantri_NPL (3)

माओवादी विद्रोहमाथि भारतले विजय हासिल गर्यो

Screenshot 2026-03-31 142032

भूराजनीति भुमरीबाट बच्न सक्ला बालेन सरकार ?

balen_

क्याम्बोडियाबाट १२ नेपालीको उद्धार र कार्यस्थलको नयाँ सुरक्षा मापदण्ड

Screenshot 2026-03-31 133233

सम्बन्धित खबरहरु

Scroll to Top